ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको कम्पनीले नेपालका प्रमुख बजारमा स्याउ पुर्याउन सफल !


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   १ : १९   बजे

काठमाडौं, ३० भदौ । स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ । सेप्टेम्बर महीनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद परीक्षण गरेर मात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताउनुभयो । उहाँका अनुसार कम्पनीले स्याउको चाना, केक, जुसलगायत धेरै परिकार बनाउँदै आएको छ । अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

मनाङ एग्रोले ७३५ रोपनी क्षेत्रफल ओगटे पनि ४५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष ३५० टन स्याउ उत्पादन गरेको थियो । अहिले ४५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ । यहाँ सर्र्वियाबाट तीन जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउखेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार रहेका छन् । दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताउनुभयो । कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ । यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिँदै आएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पु¥याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu