ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानले आफ्नो आकाश हुँदै यात्रा गर्न नदिने


एबीसी न्यूज
२ आश्विन २०७६, बिहिबार   १२ : २२   बजे


काठमाडौँ, २ असोज  । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाश भएर हवाई यात्रा गर्न अनुमति नदिने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर २१ मा अमेरिकाको यात्रामा निस्कँदै छन् । मोदी २२ सेप्टेम्बरमा ह्यूस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुँदैछन् ।आफ्नो हवाई क्षेत्रबाट यात्रा गर्न अनुमति नदिएको पुष्टि गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महम्मूद कुरैशीले भने, ‘भारतले पाकिस्तानी आकाश भएर प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनी जान चाहेको भन्दै अनुरोध गरेको थियो । तर कश्मीरको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हामीले अनुमति नदिने निर्णय लियौँ ।’

उनले भने, ‘हामीले भारतीय उच्च आयोगलाई जानकारी गराइसक्यौँ कि नरेन्द्र मोदीको यात्राका लागि हामीले आफ्नो हवाई क्षेत्र भएर उड्न अनुमति दिँदैनौँ ।’ विदेश मन्त्री कुरैशीले भने, ‘प्रधानमन्त्री मोदीको यात्राका लागि २० सेप्टेम्बरमा जर्मनी जान र २८ सेप्टेम्बरमा फर्कनका लागि भारतले पाकिस्तानी आकाश प्रयोग गर्ने अनुमति मागेको थियो । तर हामीले अनुमति दिएनौँ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि न्यूयोर्क जाँदैछन् । उनले संयुक्त राष्ट्र संघमा कश्मीर मुद्दामा बोल्ने सम्भावना रहेको छ । खानले सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्दैछन् ।

भारतले भने पाकिस्तानले प्रधानमन्त्री मोदीका लागि हवाई क्षेत्रको अनुमति नदिएर अन्तर्राष्ट्रिय कानुन मिचेको आरोप लगाएको छ ।

यसअघि भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हवाई जहाजलाई पनि पाकिस्तानले आफ्नो आकाशमा उड्न अनुमति दिएको थिएन ।

भारतले कश्मीरलाई विशेष राज्यको भूमिका दिने संविधानको धारा ३७० खारेज गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्धमा तिक्तता आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group