ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा यसरी फहरायो


एबीसी न्यूज
४ आश्विन २०७६, शनिबार   ९ : २७   बजे


यूएई, ४ असोज । दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो मानव–निर्मित भवन (८२३ मिटर अग्लो) मा इतिहासमै पहिलो पटक नेपाली झण्डा फहराएको हो ।

त्यस्तै ‘आबुधाबी नेसनल ओइल कम्पनी’ले पनि ७५ औ तल्लाको आफ्नो केन्द्रीय कार्यालय आबुधाबीमा रहेको भवनमा नेपाली झण्डा फहराएको थियो ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गएको तीन दिनबाट दूतावासमा दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार दूतावासमा पनि झण्डोत्तोलनसमेत गरिएको थियो । शुक्रबार साँझ यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावास परिसरमा कार्यक्रमसमेत गरिएको थियो ।

यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो ।

शुक्रबार साँझ यूएईको समयअनुसार सात बजेदेखि बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । भवनको ३ तल्लाबाट ६५औँ तल्लासम्म झण्डै २ सय मिटर लामो नेपाली झण्डा झलमलाएको थियो ।

दुबईको ‘रेडलाइन’ मा चल्ने मेट्रोमा बर दुबई तथा जबिलआलीबाट टनाटन नेपाली आइरहेका थिए । मेट्रोभित्र नेपाली भाषा बोलेको सुन्दा नेपालकै कुनै जमघटमा पुगेको महसुस हुँदै थियो । सबैले नेपाल र नेपाली गौरव तथा पुर्खाको बयान गरिरहेका थिए ।

मेट्रोमा आएको नेपालीको भिड तितरवितर हुँदै आ–आफ्ना तरिकाले संसारको अग्लो भवन बुर्ज खालिफाको आँगनमा पुगे । बुर्ज खालिफाको चारै दिशाका आँगनमा नेपाली नागरिकको बाक्लो उपस्थिति थियो ।

त्यसो त त्यो भिडमा विदेशी नागरिक झन धेरै देखिन्थे । सबै आ–आफ्नो सुरमा । शुक्रबार खाडीमा सार्वजनिक बिदाको दिन हुने भएकाले यहाँ कार्यरत धेरै नेपाली दिनभर बर दुबई तथा आसपासमा जमघट गरी कोठा फर्किन हतारै भए पनि बुर्ज खालिफाको आँगन टेकेका थिए । बुर्ज खालिफाको काखैमा टाँस्सिएको दुबई मल, आडैमा छेकेर ल्याएको सामुन्द्रिक तट, पारीपट्टिको शुक अल बहार (पुरात्वात्विक बजार क्षेत्र)मा कार्यरत नेपाली सबैका आँखा बुर्ज खलिफामा केन्द्रित थिए ।

नेपालीहरु त्यसरी बुर्ज खालिफाको आगनमा पुग्नुको एउटै कारण थियो ‘संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा’ फहराउँदै थियो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ (१० ९१० बजेर ५५ मिनेट नेपाली समय) मा एक मिनेट चहकिलो सेतो पर्दा बाहिर चन्द्र सूर्य अंकित नेपालको झण्डा चम्कियो ।

आँगनमा भेला भएका नेपालीको ‘हुटिङ’ र उल्लासले त्यहाँको माहोल ऐतिहासिक बनायो । ‘नेपाल नेपाल’ गुञ्जियो । ताली बज्यो । हो।को हल्ला चारैतिर फैलियो । नेपालीका साथै विदेशीले पनि नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा खुशीयाली मनाए ।

नेपालसहित दर्जनौं देशका हजारौँ मान्छेले नेपालको राष्ट्रिय झण्डा फरफराएको अवलोकन गरेको विषय अभूतपूर्व भएकोले यूएई सरकारलाई धन्यवाद दिँदै नेपाल र नेपालीको सम्मानमा यूएईले देखाएको सदाशयताकलाई नेपालले सम्मानपूर्वक ग्रहण गरेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group