ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा काँग्रेसले ‘स्मृति ग्रन्थ’ निकाल्ने


एबीसी न्यूज
९ आश्विन २०७६, बिहिबार   १ : ३८   बजे

 

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिनु भएको हो ।

बिहीबार काठमाडौंको ओमबहालमा निर्माण गरिएको पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै उहाँले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यस अवसरमा सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गर्नु भएको भूमिकाको पनि चर्चा गर्नु भयो । सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेल्नु भएको भूमिकाको जति चर्चा गरेपनि कमै हुने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu