ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदायको चासो भएमा सामुदायिक विद्यालयको विकास हुन्छ– नेता नेपाल


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ८ : ३७   बजे

काठमाडौं, १० असोज  ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक गुणस्तर विकासका लागि शिक्षकको भूमिका ठूलो हुने बताउँदै उनीहरुलाई आफ्नो कर्तव्यप्रति चनाखो हुन आग्रह गर्नुभएको छ । गुह्येश्वरी मावि, कामपा–९, सिनामङ्गलद्वारा आज आयोजित दशैँतिहार शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले समुदायको चासो भएमा मात्र सामुदायिक विद्यालयको विकास हुने कुरा गुहेश्वरी माविको प्रगतिबाट आफूले थाहा भएको बताउन्ुभयो । आव २०७५ । ७६मा सो माविको व्यवस्थापन काठमाडौँ महानगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भई व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्याल हालै सम्मानित हुनुभएको थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले उक्त विद्यालयको भौतिक सुधारका लागि सांसद विकास कोषबाट रु ३० लाख दिने घोषणा गर्नुभयोे ।

कार्यक्रममा नेपाल नागरिक समाज र ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल शाखाका अध्यक्ष खेमराज रेग्मीले सो सामुदायिक विद्यालयको शैक्षिक र भौतिक प्रगति सन्तोषजनक रहेको आफूले नजीकैबाट पाएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले शिक्षकहरु आफ्नो कर्तव्यप्रति बढी नै सचेत हुनुपर्ने बताउँदै आगामी दिनमा मुलुककै नमुना सामुदायिक विद्यालय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता उपेन्द्र कार्की, कामपा–९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ, प्रधानाध्यापक मेघबहादुर बञ्जारालगायतले सामुदायिक विद्यालयको गुणस्तरबारे मन्तव्य राख्नुभएको थिो ।

कार्यक्रममा विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक दुर्गा जोशी र करुणा आचार्यलाई सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापका विजेतालाई समाजसेवी बद्री आचार्यद्वारा स्थापित रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार वितरण गरिएको थियो । इसिडीदेखि दश जोड दुईसम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा ५२ शिक्षक र एक हजार २५० विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा आकर्षक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu