ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको ७०औँ जनगणतन्त्र दिवस, १५ हजार छानिएका सैनिक परेडको राष्ट्रपति सीबाट अवलोकन


एबीसी न्यूज
१४ आश्विन २०७६, मंगलबार   १० : १३   बजे


काठमाडौं, १४ असोज । बेइजिङको मुटु तियानमेन स्क्वायर, जहाँ १ अक्टोबर सन् १९४९ मा उभिएर कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गरेका थिए । त्यही स्थानमा उभिएर चिनियाँ  राष्ट्रपति सी चिनपिङले चीनको विकास र सैन्य शक्तिको नमूना नजिकबाट अवलोकन गरे ।

१५ हजार छानिएका सैनिकले परेडमा भाग लिए । उनीहरुले चीनको सैन्य शक्ति प्रदर्शन गरे । चीनमा कम्युनिष्ट शासनको ७० औं वर्षगाँठ मनाइँदा बेइजिङमा आयोजित विशेष समारोहमा सैन्य प्रदर्शनले महत्व पायो ।

समारोहलाई दृष्टिगत गरी राजधानी बेइजिङमा चंगा, परेवा र ड्रोन बन्देज लगाइसकिएको थियो । सेनाले शक्तिशाली हतियार प्रदर्शन गरेको छ । जसमध्ये नयाँ हतियार समावेश छन् । विशेष प्रकारको ड्रोन र अन्तरमाहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समेत छन् । १५ हजार सैनिकलाई परेडका लागि छानिएको थियो । उनीहरुले विशेष पोशाक लगाएर विभिन्न कार्यक्रम प्रदर्शन गरेका थिए ।

गृहयुद्ध र बाह्य हमलाले थिलथिलो भएको चीन अहिले विश्वकै शक्तिशाली देशमध्ये परिसकेको छ । माओपछि देङ स्याओ पिङले अबलम्बन गरेको आर्थिक नीतिले चीनलाई नयाँ उचाईमा पुग्ने आधार प्रदान गर्यो । त्यसपछिका शासकहरुले पनि आर्थिक पक्षमा ध्यान दिए । वर्तमान राष्ट्रपति सी जिङपिङ माओ पछि चीनका शक्तिशाली नेता बनिसकेका छन् । उनको कार्यकालमा चीन विश्वकै धनी देश बन्ने सम्भावना औल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group