ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन्– राष्ट्रपति भण्डारी


एबीसी न्यूज
१४ आश्विन २०७६, मंगलबार   ७ : ०४   बजे

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिङ्गो राष्ट्रको अनुभवका जीउँदो प्रतिमूर्ति र इतिहास भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्त रुपमा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजना गरेको २९ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपतिले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने अवसर मिलाउनुपर्नेमा जोड दिनुभयो ।

“जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो, ज्ञान र सीपलाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिक राष्ट्रका धरोहरका रुपमा आदरणीय हुनुहुन्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “परिवारको लालनपालन, समाज सुधार र राष्ट्र उत्थानमा ज्येष्ठ नागरिकले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।” राष्ट्रपति भण्डारीले नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको सम्मान गरेको र मुलुकको सांस्कृतिक मूल्यमान्यता ज्येष्ठ नागरिकप्रति सम्मानजनक रहेको उल्लेख गर्नुभयो । अग्रजबाट आशीर्वाद ग्रहण गर्नु नेपाली समाजको संस्कार हो भन्दै राष्ट्रपति भण्डारीले परिवारमा हजुरबाबा, हजुरआमा, बाबुआमा र नातिनातिना तीन पुस्ता मात्र नभई चार/पाँच पुस्ता एउटै परिवारमा बस्ने परम्परालाई कायम राख्नसके ज्येष्ठ नागरिकको आत्मसम्मान, सुरक्षाको प्रत्याभूति र आत्मविश्वास बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा २०५१ सालदेखि सामाजिक सुरक्षाका रुपमा शुरु गरिएको वृद्धभत्ता वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि बढाउँदै लैजानुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले सार्वजनिकस्थल र सवारी साधन ज्येष्ठ नागरिकका लागि सहज खालको बनाउनुपर्ने बताउँदै उहाँले बालबालिकालाई आफ्ना अभिभावकबाट छुट्टाएर आवासीय विद्यालयमा राख्ने र सम्मान गर्नुपर्ने ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा राख्ने प्रचलनलाई हटाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रको धरोहर ज्येष्ठ नागरिकलाई उचित सुरक्षा र सम्मान दिनका लागि प्रधानमन्त्रीले आजैको शुभकामना सन्देशमा रु तीन हजार रहेको ज्येष्ठ नागरिक भत्तालाई रु पाँच हजार बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । उहाँले सार्वजनिक सवारी साधन र हवाइ टिकटमा समेत उहाँहरुलाई छुट दिने सरकारले व्यवस्था गरिरहेको बताउँदै प्रेरणाको स्रोत ज्येष्ठ नागरिकको पालनपोषणमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति निरुदेवी पालले बाबुआमालाई पैसाभन्दा पनि माया र सम्मान जरुरी भएको उल्लेख गर्दै ज्येष्ठ नागरिक विधेयक १०/२० वर्ष लामो समयसम्म काम लाग्ने गरी संशोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट तथा १५ औँ योजनामा उचित हेरचाह, स्याहार र वातावरण दिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षणका लागि महासङ्घले काम गरिरहेको बताउनुभयो ।

दिवसका अवसरमा मानव सेवा आश्रम, हेटौँडाका प्रतिनिधि रामजी अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कून० का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्ग र ज्येष्ठ नागरिक राधिका थापालाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकको सुरक्षा, सम्मान र हकका लागि नेपालको संविधानमा मौलिक हकअन्तर्गत भाग ४१ मा ज्येष्ठ नागरिकको हकसम्बन्धी व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक ऐन, २०६३ संशोधनका क्रममा छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९१ अक्टोबर १ तारीखलाई विश्वभरि नै ज्येष्ठ नागरिक मनाउने घोषणा गरेसँगै सन् १९९६ देखि नेपालमा पनि मनाउन शुरु गरिएको हो । यस वर्ष ‘उमेरजन्य विभेदको अन्त्य गरौँ’ भन्ने नाराका साथ विश्वभरि यो दिवस मनाइएको छ । विश्वमा कूल जनसङ्ख्यामा ६० वर्षभन्दा माथिका १३ प्रतिशत तथा नेपालमा ८.२६ प्रतिशत ज्येष्ठ नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu