ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   ७ : ३१   बजे

काठमाडौं, १ कातिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई आज निर्देशन दिनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज यहाँ शुरु भएको प्रदेशस्तरीय स्थानीय निकायमा नेकपाबाट निर्वाचित पार्टीका जनप्रतिनिधिको विषेश प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डले निर्वाचनका बेला जनतामाँझ गरिएको प्रतिबद्धताअनुसार काम नभएको जनगुनासो बढेकोले सचेत भएर काम निर्देशन दिनुभयो ।

“अहिले पाइएको जिम्मेवारी नेकपाका नेता कार्यकर्ताका लागि चुनौती सँगसँगै अवसर पनि छ, हामीले जनताको काम गरेनौँ भने समस्या हुन्छ, एक पटक सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।” आफ्नै कारणले कम्युनिष्ट सत्ताहरु ध्वस्त भएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “यो रोग हामी कहाँ नआउला भन्न सकिँदैन ।”

चीनका राष्ट्रपतिको हालै भएको नेपाल भ्रमणको क्रममा चिनियाँ पक्षसँग सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई प्रभाव पार्ने गरी सुर्खेतदेखि हिल्सासम्मको सडकका विषयमा छलफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘सुदूरपश्चिमका पञ्चेश्वर, पश्चिमसेती, माथिल्लो कर्णाली परियोजनालाई अगाडि बढाउन पार्टीको हेड क्वाटरबाटै पहल हुनेछ ।”

नेकपाका सुदूरपश्चिम इन्चार्ज एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले नेकपाले चुनावताका जारी गरेको घोषणापत्रको मर्म र प्रावधानलाई आत्मसात् गर्ने हो भन्ने रेलमार्गको स्थापना झापाबाट नभई पश्चिमको कञ्चनपुर, गड्डा चौकीबाट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले पार्टीप्रति गरेको विश्वालाई व्यवहारबाट देखाउन जरुरी छ ।” सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्टले अबको विकास र समृद्धिको यात्रा विकासका दृष्टिमा पछि परेको सुदूरपश्चिमबाट गर्नुपर्छ भन्नेमा नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा कैलाली जिल्ला इन्चार्ज रुपा सोसी चौधरीसहितका नेताले जनताका आवश्यकतालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । दुईदिने प्रशिक्षणमा डा चन्द्रमणि अधिकारी, गोविन्द बन्दी लगायतले प्रशिक्षण दिनुहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu