ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पलमाथि अर्बौं डलर कर छली गरेको आरोप


admin
२१ कार्तिक २०७४, मंगलबार   १ : ४०   बजे

काठमाण्डौं , २१ काक्तिक । विश्वको सबैभन्दा बढी मुनाफामा रहेको एप्पल कम्पनीले अर्बौं डलर कर छलीका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ ।

प्याराडाइज पेपर्सको नाममा विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले जनाएको छ । विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा एप्पलसंग अहिले कर नतिरिएको अफसोर रकमको मात्रा दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको छ । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ । प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक करोड ३४ लाख कागजात छन् । विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थानले यि कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गत वर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यि कागजात प्राप्त गरेको थियो । दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्शियम अफ इन्भेटिगेटिव जर्नालिस्टस्ले गरेको छ । अब यो हप्ता भरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group