ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँदरले हैरान पारेपछि बन्ध्याकरण गर्न किसानको माग


admin
३ चैत्र २०७६, सोमबार   १ : ४१   बजे

काठमाडौं, ३ चैत  । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध ¥याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।¥यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए ।

गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । ती किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारे पनि हालसम्म नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले बाँदरलाई खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । “बाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएनँ”, उहाँले भन्नुभयो, “बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यही दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।”

विसं २०७५ फागुनमा सो समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै भारतको खुशीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिबाएर वडा नम्बर–५ लफ्याङस्थित छर्का, लुछिमलगायतका स्थानबाट बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेको राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण सो समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाजसमेत उठाएका छन् । नगरपालिकाको रु दश लाख आर्थिक सहयोगमा गत वर्षको फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको थियो ।

किसानको मागपछि बाँदर समात्न आर्थिक सहयोग गरेको नगरपालिका यसपल्ट भने झट्ट सहयोग गर्नसक्ने अवस्थामा देखिएको छैन । दश स्थानीय तह रहेको जिल्लाका धेरैजसो ठाउँमा बाँदर आतङ्क रहेको छ । खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका विभिन्न बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाले चन्दा सङ्कलन शुरु गरेका छन् । बाँदरका बथान गाउँमा आएर खेतबारीमा लगाइएका बालीनाली सखाप पार्न थालेपछि धपाउन चन्दा सङ्कलन शुरु गरेका हुन् । बाँदरले हैरान पारेपछि प्रतिघरधुरी रु २०० का दरले चन्दा उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताउनुभयो । “गाउँ वरपरका जङ्गलमा बस्ने बाँदरलाई खेदेर कम्तीमा दूधकोशी किनारमा रहेको रावाखोला फेदीसम्म पु¥याउने गरिएको छ ।” उहाँले भन्नुभयो, “उनीहरुलाई खाजा तथा खाना उपलब्ध गराउन चन्दा सङ्कलन गरिएको हो ।”

बाँदर धपाउन हरेक घरबाट एक जना अनिवार्य खट्नुपर्ने नियम बनाइएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । बाँदर आतङ्कबाट मुक्ति पाउन जिल्लाका किसान जति पनि खर्च गर्न तयार रहेका छन् । बाँदर मार्न कानूनी अड्चन भएकाले स्थानीय बासिन्दाले यस्तो अभियान चलाएका केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group