ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालद्वारा चीन पचास रनले पराजित


admin
१० मंसिर २०७४, आइतबार   ३ : ५५   बजे

काठमाडौँ, १० मंसिर।  आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो ।

नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् ।

बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको चीनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए । बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन÷तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu