ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिठोको बोराभित्र १५ हजार भारु राखेर बाँडिएको विषयमा बोले आमिर खान, यस्तो रहेछ वास्तविक


एबीसी न्यूज
२३ बैशाख २०७७, मंगलबार   ७ : ०७   बजे

एजेन्सी
काठमाडौँ, २३ वैशाख । यसबेला भारतमा लकडाउन जारी छ । कोराना भाइरस संक्रमणबाट प्रभावित भएको भारतमा गरिब र असाहय मानिसहरुलाई सहयोग गर्नेहरु पनि बढिरहेका छन् । त्यसमा उद्योगपति, राजनीतिक कर्मीहरुदेखि सिने कलाकारहरु पनि अघि देखिएका छन् ।

बलिउड नायकहरु अक्षयकुमार, सलमान खान, शाहरुख खान, अजय देवगन लगायतले गरिब र असाहयहरुलाई सहयोग गरेका खबरहरु बाहिर आइरहेका छन् । केही दिन पहिले भारतमा एउटा भिडियो भाइरल भयो । उक्त भिडियो अर्का नायक आमिर खानसँग जोडिएको थियो ।

त्यस भिडियोमा आँटाको पिठोको झोलामा नोट राखिएको र गरिबहरुलाई बाँडिएको भनिएको थियो । बलिउड नायक आमिर खानले आँटाको पिठो भरिएको झोलामा भारतीय रुपैयाँ राखेर बाँडिएको भिडियो भाइरल भएपछि उक्त विषयले चर्चा पाएको थियो । तर यो भिडियो र खबर हल्ला मात्र भएको पुष्टि भएको छ ।

यसबारे नायक आमिर खानले मुख खोलेका छन् । उनले सोमबार ट्वीट गर्दै यो हल्लाको खण्डन गरेका छन् । उनले आफु पैसा बाँड्दै हिड्ने व्यक्ति नभएको स्पष्ट पार्दै सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मित्रहरु म गहुँको बोरोमा पैसा हाल्ने व्यक्ति होइन, यो कि त पूर्णरुपमा नक्कली कहानी हो, वा रोबिन हुड आफुलाई प्रकट गर्न चाहाँदैन । सुरक्षित रहनुहोस् ।’

टिकटकमा बनाइएको यो भिडियोमा आमिर खानले ट्रकमा गहुँको पिठो लगेर दिल्लीमा केही गरिबहरुलाई बाँडेको भनिएको छ । भिडियोमा गरिबहरुका बस्तीमा बाँडिएको एक–एक किलोका पिठोका बोराभित्र १५ हजार भारु राखिएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले बगायो ४ सय कन्टेनर र ट्रक

विपद्ग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने पत्रकारलाई बिदाको दिन पनि सेवा दिने सूचना विभाग

सम्बन्धित

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu