ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता ‘कलमे छोरा’ – ज्ञान बहादुर लामा


एबीसी न्यूज
२४ असार २०७७, बुधबार   २ : ३४   बजे

कविता ‘कलमे छोरा’

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु ।
कपी र कलमको प्रेममा
म कलमे छोरा खोज्दै छु ॥

पर्दैन पाल्न यसलाई
माग्दैन यसले खर्च पानी ।
खोज्दैन केही अंश भनी
गर्दैन कहिल्यै झगडा पनी ॥

पर्दैन भित्र्याउन बुहारी
गर्दैन कहिल्यै गुनासो पनी ।
मान्छ आदेश नम्र बनी
आहा हेर कति बुद्धिमानी ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

भानुभक्त लाई चिनाउनु
यसैको निस्वार्थ देन छ ।
राष्ट्रकवि भनी हिँडाउनु
यसैको ठूलो खेल छ ॥

ठूला ठूला सम्झोताहरू
यसैको रोहोबरमा गर्दछ ।
इतिहास हाम्रो कोर्न पनी
सदैव उही नै अघि सर्दछ ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

चीत्रलेखको हातमा उही छ
डाक्टरको साथमा पनी ।
बस्छ सँधै हाम्रो छातीमा
दिलको चौकीदार बनी ॥

निस्वार्थ अनि इमान्दार छ
संसारमै उच्च ठाँउ लिन्छ ।
इज्यत शान अनि प्रतिष्ठा
स्मरणीय अमर नाम दिन्छ ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

पुत्रको प्यासी बनी अब
पुत्रीको भ्रुणहत्या नरोजौं ।
त्यही पुत्रको दुर व्यबहारमा
आश्रमको ढोका नखोजौं ॥

वंशालु प्रथा तोड्दिउँ अब
पुत्रीको आगमनमा रमाई ।
छैनौं हामी ढुङ्गे युगमा आज
हाँसौं कलमे छोरा समाई ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु ।
कपी र कलमको प्रेममा
म कलमे छोरा खोज्दै छु ॥

रचना : ज्ञान बहादुर लामा “दोङ”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu