ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका एवं कलाकार शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै


एबीसी न्यूज
२३ भदौ २०७७, मंगलबार   १२ : ११   बजे

काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १६ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न गायिका शर्माले सहयोग अभियान चलाएकी हुन् । ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै मेरो मनमा सहयोगको भावना आईहाल्यो ।’ गायिका शर्माले भनिन, ‘बाढी पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र मैले देश विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको आग्रह गरें ।’

‘मलाई धेरै व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।’ उनले जोड दिंदै भनिन्, ‘सहयोग गर्छु भनेर अरु व्यक्तिहरुबाट फोन, म्यासेज आईरहेको छ । सहयोग गर्ने व्यक्तिहरुको बारेमा मैले फेसबुक मार्फत उहाँहरुको नाम सार्वजनिक गरेकी छु ।’ यस किसिमको सहयोग मानवताको नाताले पनि गर्नुपर्ने उनको तर्क छ ।

गायिका शर्माले आर्थिक सहयोग संकलन गर्ने क्रम जारी रहेको बताईन् । केही दिनपछि बाढीपहिरो आएको ठाउँमा गई पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्ने उनले बताईन् । गायिका शर्माले अहिलेसम्म डेढ लाख रुपैयाँ उठिसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिईन् । बाढी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग अभियान सुरु गरेको उनको भनाई छ ।
बाढीपीडितहरुलाई सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई उनले धन्यवाद दिंदै भनिन्, ‘मान्छेलाई दुःख पर्दा सबैले सहयोग गर्ने हो । यदि कसैको ईच्छा भए सहयोग गर्न अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu