ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार बिष्णु खत्रीको दशैं लक्षित गीत सार्वजनिक


एबीसी न्यूज
२३ भदौ २०७७, मंगलबार   २ : ४८   बजे

धादिङ, २३ भदौ । लोकप्रिय कलाकार बिष्णु खत्रीले दशैं लक्षित गीत सार्वजनिक गरेका छन् । गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट आइतवार सार्वजनिक भएको रिनै रिनको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ । नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने बिवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

बिश्व भरी कोरनाका कारण समस्या परिरहेको बेला रेमिटेन्सले चलिरहेको नेपाली अर्थतन्त्र संगै नेपालीको जन जीवन पनि प्रभावित भैरहेको छ ।गीत मात्रै सुन्दा पनि मन बहलाउँछ । भिडियो हेर्दा अझ भावुक तुल्याउँछ । उसो त खत्रीका यसअघिका जम्भु काश्मिरमा, ‘भरिया दाइ’, ‘किसानी दाई’, ‘कि सास चाहियो, कि लास चाहियो’ जस्ता दर्जनौ गीतहरु सामाजिक यथार्थतासँगै जोडिएर आएका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको गाएक खत्री बताउछन। खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, संगीत र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामर्थ्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ । गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडेल सारिका केसी र ओवी रायमाझीको अभिनय छ ।

गरिबको गीत, समाजको गीत, न्याय र समानताको गीत अनि माया र मायालुको गीत गाउने जनप्रिय कलाकार खत्रीको गीत मर्मस्पर्शी र भावुक तुल्याउने खालको भएकाले बिदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनीले एक्लै बसेर नसुन्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group