ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्मीपूजामा सार्वजनिक यम बराल र उर्मिला लाम्गादेको ‘ताजाताजा’मा नाजिर हुसेन र उषा उप्रेती


एबीसी / संवाददाता
२९ कार्तिक २०७७, शनिबार   १० : ५५   बजे

चर्चित गायक यम बराल र न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘ताजाताजा’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीले अभिनय तथा नृत्य गरेका छन् ।

हालै न्युयोर्क आएका गायक बराल र हालै गायनमा फर्किएकी लाम्गादेका स्वरमा रहेको यो गीत लोक आधुनिक शैलीमा रहेको छ । सुदिप बरालले निर्देशन गरेको भिडियोमा नेवारी संस्कृतिसहित फरक स्वाद भेट्न सकिन्छ ।

उषा उप्रती र नाजिर हुसेन

आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् । प्रोडक्सन मेनेजेर विनोद पोखरेल रहेको भिडियोको सम्पादन टेकेन्द्र शाह र सिनेमेटोग्राफी रविन्द्र न्यौपानेले गरेका छन् ।

उषा उप्रती र नाजिर हुसेन

लक्ष्मीपूजाको अवशर पारेर सार्वजनिक गरिएको उक्त गीतले कोरोनाको महामारीमा समेत तिहारको बेलामा दर्शकश्रोतालाई मनोरञ्जन प्रदान गर्नसक्ने अपेक्षा गायक बरालले गरेका छन् । गत सेप्टेम्बरमा नयाँ गीत सार्वजनिक गर्दै १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे त्यसको दुईमहिनामा नै बरालसँगको यो गीतसहित आउँदा निकै उत्साहित छिन् ।

भिडियो : 

कलाकार उषा उप्रेतीले यो गीतबाट आफू निकै आशावादी रहेको बताउँदै सबैलाई धेरैभन्दा धेरै माया दिन अनुरोध गरेकी छिन् ।

यम बराल र उर्मिला लाम्गादे

उर्मिलाको आगमन

उर्मिला लाम्गादेको झण्डै १३ बर्ष अगाडि एउटा भजन रेकर्ड भएको थियो । उक्त भजन भिडियोसहित रिलिज भएको थियो । त्यसपछि उनको कुनै पनि गीत रेकर्ड भएन । गीत निकाल्ने इच्छा भएपनि समयले साथ नदिएका कारण सम्भव नभएको बताउँछिन् उनी ।

झण्डै पाँच महिना अगाडि उनको रुकुम घटनामा आधारित गीत निस्केपनि व्यवस्थीत तरिकाले भिडियो भने बन्न सकेन । तर गत सेप्टेम्बरमा लिन आउँछु भन्थ्यौ बोलको गीत भिडियोसहित आयो ।

झण्डै १३ बर्षपछि गायनयात्रामा आउँदा आफू निकै उत्साहित भएको र अब गायनलाई निरन्तरता दिने योजना रहेको उनले बताइन् । हेटौंडा रातामाटेमा जन्मिएकी उनी बच्चैदेखि अभिनयमा रुची राख्थिन् । तर उक्त शौख पूरा गरिदियो टेलिचलचित्र दलनले । जातीय विभेदबिरुद्धको उक्त टेलिचलचित्र झण्डै १० बर्षअगाडि रिलिज भएको थियो ।

दलनमा उनले दलितभित्रको पनि अन्तरजातीय जोडीका रुपमा अभिनय गरेकी छिन् । दलनमा नैना नामको पात्रको अभिनय गरेकी उनी म्युजिक भिडियोमा समेत देखिएकी थिइन् । त्यस्तै टेलिभिजनका केही चेतनामुलक विज्ञापनहरुमा पनि अभिनय गरिन् । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त विज्ञापन नेपाल टेलिभिजनबाट खुब बज्यो ।

अभिनयमा रुची भएपनि सन् २०११ मा उनी अमेरिका आएकाले अभिनययात्रालाई अगाडि बढाउन सकिनन् । अब बच्चाहरु पनि हुर्किसकेकाले गायनयात्रालाई अगाडि बढाउनमा सहज वातावरण भएको उनी बताउँछिन् ।

विभिन्न कार्यक्रममा गाउने र बच्चैदेखि गाउने भएपनि गायनयात्रामा अगाडि बढ्नमा विभिन्न कुराले पछि परेको बताउँछिन् उनी । उनले बुबालाई बच्चैमा गुमाउनुपरेको थियो । झण्डै १६ बर्ष अगाडि आमालाई पनि गुमाउनुपर्यो ।

‘बच्चैमा बुबा वित्नुभयो । अब केही गरौं भन्ने उमेरमा आमा बित्नुभयो । त्यसैले बुबाआमाहरु नभएका कारणले पनि मलाई कलाकारिता यात्रामा अगाडि बढ्न त्यती सहज भएन ।’-   उनी भन्छिन् ।

उनले हिन्दु भजनबाट गायनयात्रा सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group