ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण


एबीसी / संवाददाता
१८ मंसिर २०७७, बिहिबार   ५ : ५५   बजे

बेइजिङ, १८ मंसिर । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।

चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।

चिनियाँ अन्तरिक्ष प्रशासनले चाङ्गे यानले चन्द्रमामा ढुंगाहरुका नमूना संकलन गरेको जनाएको छ । यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकाँक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।

चीनले हाल मंगलग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ । चीनले चाँडै मानवरहित यान चन्द्रमामा उतार्ने योजना बनाएको छ ।

यसपटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ ।

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमूना प्राप्त हुनेछ । यी नमूनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ ।

यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले चिनियाँ सफलताका लागि बधाइ दिएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था ९नासा० का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्वीटरमा चाङ्गे ५ अभियानको सफलताका लागि चीनलाई बधाइ दिनु भएको छ । उहाँले लेख्नुभएको छ, “यो त्यति सजिलो काम होइन ।”

पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो ।

संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुंगाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu