ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेनले समलिंगी समावेशीकरणमा इतिहास रच्दै, ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी


एबीसी / संवाददाता
२१ मंसिर २०७७, आइतबार   ९ : ४७   बजे

अमेरिका, २१ मंसिर । उल्लेख्य संख्यामा महिला र अश्वेतहरुलाई उच्च तहमा नियुक्तीका लागि रोजेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले समलिंगी तथा तेश्रो लिंगीहरुलाई पनि उच्च तहहरुमा प्राथमिकता दिएका छन् । समलिंगी तथा तेश्रो लिंगी समावेशीकरणमा पनि बाइडेन प्रशासनले अमेरिकामा नयाँ इतिहास रच्ने देखिएको छ ।

समलिंगी महिला तथा चुनावी अभियानमा नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको चिफ अफ स्टाफका रुपमा काम गरेकी करिन जन पियररलाई ह्वाइट हाउसको डेपुटी प्रेस सेक्रेटरी नियुक्त गरिने भएको छ । उनी समलिंगीमात्र नभएर अश्वेत समेत हुन् ।

मुभअनकी बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय प्रवक्ता समेत रहेकी करिनले एनबीसी, एमएसएनबीसी लगायतमा विश्लेषककको रुपमा समेत काम गरेकी छिन् । हैटियन आप्रवासी बुबाआमाबाट जन्मिएकी उनी न्युयोर्कको क्वीन्समा हुर्केकी हुन् । उनले कोलम्बिया युनभर्सिटीमा इन्टरनेशनल र पब्लिक अफेयर्समा समेत लेक्चरका रुपमा काम गरेकी थिइन् ।

त्यस्तै समलिंगी महिला पिली टोबरलाई जो बाइडेनले ह्वाइट हाउसको डेपुटी कम्युनिकेशन डाइरेक्टरमा नियुक्त गर्ने भएका छन् । उनी लामो समयदेखि आप्रवासी अधिकारका क्षेत्रमा काम गर्दै आएकी छिन् भने सिनेटर चक शुमरकी पूर्व सहयोगी समेत हुन् । टोबरले बाइडेनको अभियानमा पनि संचार निर्देशकका रुपमा काम गरेकी थिइन् ।

फ्लोरिडामा जन्मेकी उनी ग्वाटेमालामा हुर्केकी थिइन् । सन् २००४ मा पुन अमेरिका आएकी उनी युनभर्सिटी अफ मायामीबाट जन प्रशासनमा स्नातकोत्तर गरेकी थिइन् । उनी अमेरिकाज भ्वाइसकी उप निर्देशक समेत भएर काम गरेकी थिइन् ।

त्यस्तै समलिंगी पुरुष कार्लोेस एलिफोन्दोलाई जो बाइडेनलाले ह्वाइट हाउसको सोसल सेक्रटेरीमा नियुक्त गर्ने भएका छन् । उनले बाइडेन उपराष्ट्रपति हुँदा पनि बाइडेनको सोसल सेक्रेटरीका रुपमा काम गरेका थिए ।

सन् २००९ देखि सन् २०१७ सम्म उनले ओबामाको विशेष सहयोगीका रुपमा समेत काम गरेका थिए । उनी राजनीतिक कार्यक्रमका योजनाकारका रुपमा परिचित रहेका छन् । उनी टेक्सासमा जन्मे हुर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu