ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वपत्नीविरुद्ध मुद्दा हाल्ने तयारीमा मनोज गजुरेल !


एबीसी / संवाददाता
३० मंसिर २०७७, मंगलबार   १२ : ५५   बजे

चर्चित हाँस्यकलाकार मनोज गजुरेलको करिब ३ बर्षअघि पूर्वपत्नी मिना ढकालसँग डिभोर्स भैसकेको थियो । तर मिनाले बारम्बार अन्तवार्ताहरुमा मनोजलाई विभिन्न आरोप प्रत्यारोप लगाउँदै आएकी छिन् । उनले मनोजलाई गाली बेइज्जती गर्ने क्रम रोकेकी नै छैनन् । अझ मनोजले केहीसमय अघि आफूले दोस्रो विवाह गर्ने तयारी गरिरहेको बताएपछि मिनालाई आगो बलेको छ । त्यसपछि उनले अन्तवार्ताहरुमा मनोजका बारेमा अफवाह फैलाइरहेकी छिन् ।

यसबारे मनोजले बल्ल आफ्नो प्रतिक्रिया दिएका छन् । मनोजले आफूले अहिलेसम्म सहेर बसेको तर अब भने मिनाले आफ्नो सारा हद पार गरेकाले अब कानूनी प्रक्रियामा जाने सोच रहेको बताएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो गुनासोहरु पोखेका छन् ।

https://www.facebook.com/majurel/posts/4151014131579558

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ । डिभोर्सपछि आमासँग छोरी र बाबुसँग छोरा बस्ने सहमति भएको थियो । तर मनोजको भनाई अनुसार डिभोर्सको भएको ८ महिनामै आमासँग बस्न नसकेर छोरी बाबुसँगै बस्न आएकी छिन् । डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group