ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२० लाई सुनौलो वर्षको रुपमा लिएको थियो तर दियो यस्तो पीडा …….


कविराज विसी/विकास आचार्य
१६ पुस २०७७, बिहिबार   ७ : १९   बजे

काठमाडौं, १६ पुस ।  भनिन्छ, विश्वव्यापी महामारी सरदर शताब्दीमा एकपटक आउँछ । सन् २०२० पनि विश्वका लागि महामारीको वर्ष बन्न पुग्यो । कोभिड–१९ को विश्वव्यापी महामारीले विश्वका २ सय १३ देशका झण्डै साढे ८ करोड मानिसलाई संक्रमित तुल्यायो भने १८ लाख व्यक्तिको ज्यान लियो । सबैजसो देशमा महिनौंसम्मको लकडाउनले लाखौंको रोजगारी प्रभावित भयो त भयो नै समग्र विश्व दोस्रो विश्वयुद्धपछिको चरम आर्थिक मन्दीमा फस्न बाध्य भयो । सन् २०२० कोरोना सक्रमणको महामारी महामारी नभएको भए बिश्वले कस्तो गति लिने थियो भन्ने विषय अनुमानकै विषय हो । तर, कोभिड–१९ ले सन् २०२० लाई घाईते बनाएर बिदा गरेको छ ।

नयाँ वर्षको सुरुवातसंगै बिश्वले सन् २०२० लाई सुनौलो वर्षको रुपमा लिएको थियो तर २०१९ को अन्त्य तिर चीनको उहानमा देखिएको सार्स कोभ २ भाइरस, जसलाई पछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण ग¥यो, ले सन् २०२० लाई गतिहिन बनाइदियो । विश्वभरका मानिसहरुका लागि सन् २०२० सुखद् रहेन सकेन । कारण थियो विश्वभरिकै स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेर आएको, कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ । कोरोना भाइरसले जनजीवन कष्टकर त बनायो नै, समय पनि कठिन हुँदै गयो । सधैँ एकअर्काको साथमा अंकमाल गर्दै अगाडि बढ्नु पर्छ भन्ने मानसिकता सिकेको विश्वभरका मानिसलाई पहिलो पटक सामाजिक अर्थात् भौतिक दूरी कायम गर्न सिक्नु प¥यो । त्यसो त सन २०२० को सकारात्मक पक्ष पनि छ । हामी भित्रको धैर्यता, आइपर्न सक्ने समस्याको लागि पूर्वतयारी अनि सामाजिक हुन कति जरुरी छ भनेर सिकाएर सन २०२० गएको छ । त्यसअर्थमा सन २०२० विश्वभरका मानव जातिका लागि कहिल्यै बिसर्न नसक्ने अंग्रजी महिना रह्यो ।

चीनको उहान प्रान्तबाट २०१९ डिसेम्बर अन्तिम् सातादेखि सार्स कोभ २ सँग मिल्दोजुल्दो अज्ञात भाइरसको संक्रमण सुरु भएको चिनियाँ आम–संचारमाध्यममा पढ्न, सुन्न र देख्न थालियो । यो भाइरस संक्रमणबारे कतिपय रिपोर्टहरु एकाएक आम–संचार माध्यममा आए । चिनियाँ समुन्द्रि तटमा पहिलो पटक देखिएको मानिसबाट मानिसमा सर्ने यो नौलो प्रजातिको भाईरसले मानिसको मृत्यु र सयौंमा संक्रमण भएको खबरले विश्व नै आतंकित बनायो । नोवेल कोरोना भाईरस नाम दिईएको भाइरस सम्वन्धि विश्व बजारमा आ–आफ्ना अड्कल बाजि हुन सुरु भैसकेका थियो । विश्वबजारमा सबैभन्दा धेरै पर्यटक चीनकै रहने हुदा विश्वमा नै यसले त्राहिमाम मच्चायो । डिसेम्वर अन्तिम साताबाट सुरु भएको भाइरस जनवरीबाट युरोपेली मुलुकमा र फेब्रुअरीबाट अमेरिका लगायत दक्षिण एशियाली मुलुकमा देखिन थाल्यो ।

युरोप र अमेरिकामा छोटो समयमै धेरै मानिसको ज्यान लिएको उक्त भाइरसले मार्चबाट विश्व महामारी कोभिड–१९ को संज्ञा पायो । दक्षिण एशियाली मुलुकहरु मध्ये भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन सुरु भएसंगै नेपालमा पनि यसले त्राश पैदा गराएको थिए । अन्तत् नेपालमा पनि मार्च महिनाको सुरुवातमा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यस पश्चात मे महिनाको शुरुवात ताका पुनः फ्रान्सबाट नेपाल आएकी अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लगत्तै देशभर लकडाउन गर्यो । १२० दिनको लकडाउन गरिएता पनि भारत संगको खुल्ला सिमानाका कारण संक्रमण झनै तीब्र बनि नै रह्यो । अहिले नेपालमा करिब २ लाख ६० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जसमध्ये १८ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु घटेको तथ्यांकले देखाएको छ । तथापी दोस्रो खतरनाक दोस्रो लहरको संभावना जिवितै छ ।

विश्वव्यापी रुपमा संक्रमण तीब्र बनेसंगै विश्वका अधिकांश देशले लकडाउन गर्न बाध्य भए जसको कारण विश्व अर्थतन्त्र ओरालो लाग्ने अबस्थामा पुग्यो । अहिलेपनि विश्वअर्थतन्त्रमा भारि मात्राको गिरावट कायमै छ । लाखौंले रोजगारि गुमाएका छन्, कति घर–बार विहिन बन्न पुगे । कोरोना भाइरसले अर्थतन्त्र मात्र नभै सामाजिक र विश्व राजनीति नै उथल–पुथल पारेको छ । हुन त यस अघि पनि सातपटकसम्म विश्वमा कोरोना भाइरस जस्तै घातक महामारीको सामना मानव जातीले व्यहोर्नु त परेको थियो । तर पनि, २१ र्औ शताव्दी त्यसमा पनि विज्ञान र आविस्कारमा चमत्कारीक फड्को मारेको अहिलेको परिबेशमा विश्वभरका मानव जाति बन्द भार दिबाल भित्र थुनिएर बस्नु परेको थियो ।

अहिले पनि विश्वबाट कोरोना निर्मुल भएको छैन् । विश्वभर करिब साढे ८ करोड मानिस अहिलेसम्म संक्रमित भैै सकेका छन् । १८ लाख बढी मानिस यसैका कारण मृत्यु भएको छ भने १ लाखभन्दा बढी मानिस गम्भीर अबस्थामा छन् । विश्वभरिका वैज्ञानिकको अथक प्रयासका बाबजुद विश्वमा अहिले खोपहरु तयार भएका छन् । अमेरिका लगायत युरोपेलि मुलकका नागरिकहरुले यसको प्रयोग गर्न थालेका छन् । तर संक्रमणको अत्यधिक चपेटामा रहेका गरीव तथा विकासशील मुलुकले आफ्ना नागरिकका लागि खोप जुटाउनु अझै पनि चुर्नौतिको विषय बनेको छ ,।

कोभिड– १९ को संक्रमण दर ११ महिनापछि विश्वभरिनै ओरालो लागेको छ । तर, विश्वभर नै पहिलो ‘वेभ’ सकिएर दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको बताइएको छ । अहिले युरोपेलि मुलुकहरु कोरोनाको दोस्रो वेभबाट प्रताडित भइरहेका छन् । इजरायल र फ्रान्स जस्ता मुलुकहरुले क्रिसमस र नयाँ बर्षको पूर्वसन्ध्यामा पुनः देशव्यापी लकडाउन गर्दै कफ्र्यु समेत लगाउन बाध्य हुनुले दोस्रो चरणको जोखिमको गम्भीरता झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu