ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड सकिएलगत्तै भाजपाले नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने


एबीसी / संवाददाता
१३ असार २०७८, आइतबार   ८ : १३   बजे

काठमाडौं, १३ असार । भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपालमा सबै दलहरूसँग कोभिड– १९ सकिएपछि राजनीतिक संवाद सुरु गर्ने बताउनुभएको छ । एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा गत मंसिर अन्तिम साता काठमाडौं आएका चौथाइवालेले यो प्रस्ताव नेपाली राजनीतिक नेताहरूसँग राखिसकेको र उहाँहरू संवादका लागि इच्छुक रहेको पनि उल्लेख गर्नुभएको छ । आइतबार नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांकद्वारा नेपाल–भारत सम्बन्धबारे आयोजित बेविनारमा भाजपा नेता चौथाइवालेले फरक वैचारिक राजनीतिक धरातल भएका भए पनि नेपाली राजनीतिक दलहरूले भाजपासँग संवाद गर्ने इच्छा व्यक्त गरेको बताउनुभयो । ‘नेपाल र भारतबीच राजनीतिक दलहरूको तहमा लामो समयदेखि संवाद हुन सकेको छैन । पछिल्लो नेपाल भ्रमणका समयमा मैले नेपालका नेताहरूसँग छलफलमा यसबारे छलफल गरेको छु,’ चौथाइवालेले भन्नुभयो, ‘राजनीतिक छलफल र आदान–प्रदानले एक–अर्को मुलुकलाई बुझ्न, असमझदारी हटाउन मद्दत पुग्छ र यसले दुवै मुलुकलाई फाइदा हुन्छ । भाजपा नेपालका सबै पक्षसँग राजनीतिक संवाद गर्न चाहन्छ ।’ उहाँले कोभिड सकिएलगत्तै भाजपाका तर्फबाट राजनीतिक संवाद सुरु हुने पनि बताउनुभयो ।

नेपाली राजनीति भाजपा र व्यक्तिगत रूपमा आफ्ना लागि चासोको विषय भएको भन्दै चौथाइवालेले सानो राजनीतिक समूहले राजनीतिक हितका लागि भारतविरोधी भावना फैलाएको आरोप पनि लगाए । ‘नेपालमा राजनीतिक दलहरूको सानो समूह भारत आएर एउटा कुरा गर्छन्, नेपाल फर्केपछि भारतविरोधी अभिव्यक्ति दिन्छन् र भावना फौलाउँछन्,’ चौथाइवालेले कुनै व्यक्ति वा समूहको नाम नलिई भन्नुभयो, ‘त्यसले नेपाल–भारत सम्बन्धको समग्र पक्षमा फरक पर्दैन ।’ चौथाइवालेले भारतको विदेश नीतिमा नेपालको महत्वपूर्ण स्थान रहेको समेत बताउनुभयो । ‘हामी साझेदारी तथा सहकार्यमा अघि बढ्नुपर्छ,’ उहाँलेभन्नुभयो । कुनै विषयमा दुई देशबीच हुने मतभेदले समग्र सम्बन्ध प्रभावित हुन नहुने पक्षमा भारत रहेको पनि उहाँको भनाइ थियो ।
भाजपासँग वैचारिक रूपमा नेपालमा राप्रपा नजिक छ । तर, राप्रपा मूलधारको राजनीतिमा छैन । नेपालका कांग्रेस, एमाले र माओवादी केन्द्रसँग वैचारिक रूपमा निकट पार्टीहरू भारतमा कमजोर हैसियतमा छन् ।

नेपालका कांग्रेस र कम्युनिस्टहरू भारतका समाजवादी विचारधाराका जनता दल युनाइटेड, कंग्रेस राष्ट्रवादी, भाकपा माक्र्सवादीलगायतसँग नजिक छन् । भाजपा नेता चौथाइवालेले वैचारिक मतभिन्नता बाबजुत पनि नेपालका सबै पक्षसँग राजनीतिक संवाद सुरु गर्ने बताउनुभयो । अर्को प्रसंगमा नेता चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वोत्तम प्राथमिकतामा नेपाल रहेको बताउनुभयो । नेपाली जनताले मोदीभन्दा बढी शुभचिन्तक भारतमा अरू नपाउने पनि उहाँको दाबी थियो । ‘हाम्रा प्रधानमन्त्रीको प्राथमिकतामा विगतमा पनि नेपाल सर्वोत्तम स्थानमा थियो, अहिले पनि उहाँको प्राथमिकतामा नेपाल छ,’ २०७१ पछि मोदीको नेपाल भ्रमणको सन्दर्भ निकाल्दै उहाँले भन्नुभयो , ‘पहिलो भ्रमणमा मोदीले नेपालको संसदमा जुन अभिव्यक्ति दिनुभयो, अहिलेसम्म कुनै पनि विदेशी नेताले त्यो स्तरको नेपालमैत्री सम्बोधन गर्नुभएको थिएन ।’

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युपिए गठबन्धनले नेपाललाई प्राथमिकता नदिएका कारण करिब दुई दशक भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन नसकेको, तर मोदी सरकारमा आउनासाथ यो अवस्था भत्किएको पनि चौथाइवालेले बताउनुभयो। , ‘युपिए शासनले नेपाललाई प्राथमिकतामा राखेन । मोदीका लागि नेपाल हिजो पनि उच्च प्राथमिकतामा थियो, आज पनि उच्च प्राथमिकतामा छ ।’ उहाँले भन्नुभयो । भारत सरकारले नेपालसँग सधैँ बलियो विकास साझेदार बन्ने चाहना राखेको, नेपालका मुख्य परियोजनाहरू निर्माण गर्न र सम्बन्ध थप सुदृढ बनाउन चाहेको पनि चौथाइवाले बताउनुभयो । ‘भारत सधैँ नेपालको निकट मित्र तथा मुख्य विकास साझेदार रहिरहनेछ, उहाँले भन्नुभयो । अर्को प्रसंगमा नेता चौथाइवालेले नेपाललाई खोपको आपूर्तिका लागि दुई देशको कूटनीतिक च्यानलमा छलफल भइरहेको पनि दावी गर्नुभयो । ‘खोपको उपलब्धता हुना साथ हामी नेपालसहित हाम्रा छिमेकीहरूलाई आपूर्ति थाल्नेछौँ,’ चौथाइवालेले भन्नुभयो ‘दुई पक्षबीच भइरहेका संवादका विषयमा म जानकार छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group