ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातामा सिरहा र सप्तरीमा चिसोको कारण १० जनाको मृत्यु


एबीसी न्यूज
२३ पुस २०७४, आइतबार   ९ : ११   बजे

काठमाडौं, २३ पुस ।  देश भर बढ्को चिसो सगै शीतलहरका कारण सप्तरीमा सात र सिरहामा तीनजनाको मृत्यु भएको छ । चिसो बाट मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको शनिबार मृत्यु भएको हो । त्यसैगरी, धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सप्तरीमा चिसोकै कारण सातजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षिया कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगम रहेका छन् । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो । अत्यधिक चिसोले बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाको भीड लागेको छ ।

शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । विद्यार्थी विद्यालय आउन नसकेपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सबै ४ सय १२ ओटै सामुदायिक विद्यालय २६ गतेसम्मका लागि बन्द गराएको छ । निजी विद्यालय पनि बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए । महोत्तरीमा पनि एक सातादेखि बढेको बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित बनेको छ ।

बढ्दो शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयमा एकहप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडासमेत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu