ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   २ : ३१   बजे

 

 

काठमार्डौं ३ जेठ । प्रदेश नंबर १ का १४ जिल्लाका १३७ स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यो प्रदेशमा एमालेको वर्चस्व रहेको थियो ।

काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता हासिल गरेको छ । २०७५ को सस्थानीय तहको निर्वाचनमा नेकाले ५१ स्थानमा जितेरे दोसस्रो भएको थियो । यो निर्वाचनमा नेकाले ६०–७० सिसट जित्सन सक्ने एबीसी टेलिभिजनको एक्जिट पोलमा देखिएको थियो । सोही नतिजा नेकाले पछ्याइरहेको छ ।

दोश्रो स्थानमा रहेको एमालेले १६ स्थानीय तह जितेको छ भने २५ स्थानीय तहमा अग्र स्थानमा रहेको छ । अघिल्लो निर्वाचनमा एमालेले यो प्रदेशमा ६५ स्थानमा जितेर सर्वाधिक ठूलो दल बनेको थियो । यसपटकको निर्वाचनमा एमालेले ३६–४० सिट ल्याउन सक्ने एबीसीको एक्जि पोलमा देखिएको थियो । एमाले त्यही आंकडा छुने कोशिश गरिरहेको छ ।

एबीसी टेलिभिजनको एक्जिट पोल सार्वजनिक कार्यक्रमको बहसमा नागरिक अगुवा श्याम श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, प्रा.डा। लोकराज बराल तथ ा तथा एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेल र किशोर पन्थी । २०७९ बैशाख ३०।

माओवादी केन्द्रले ९ स्थानीय तह जितेको छ भने ३ स्थानमा अगाडि रहेको छ । अघिल्लो पटक योप्रदेशमा माओवादीले ९ सस्थान जितेको थियो । एबीसी एक्जिट पोलमा यो प्रदेशमा माकेले १५ सिटसम्म जित्ने देखिएको थियो ,
नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ ।

प्रदेश १ का जिल्लाहरुमा दलहरुले अहिलेसम्मको नतिजा र अवस्था यस्तो छ ।

ताप्लेजुङमा एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । ४ स्थानीय तहको परिणाम आइसकेको छैन ।

पाँचथरमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ । माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिएको छ ।

इलाममा २ स्थानीय तह काँग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

झापामा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ७ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ ।

संखुवासभामा ५ स्थानीय तहमा काँग्रेसले जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ २ स्थानीय तहमा अग्रता लिएको छ ।

तेह्रथुममा काँग्रेस र एमालेले बराबरी ३ । ३ स्थानीय तह जितेका छन् ।

भोजपुरमा ३ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तहमा जितेको छ । एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

धनकुटामा ३ स्थानीय तहमा काँग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

मोरङमा काँग्रेसले १ स्थानीय तह जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १० स्थानीय तहमा अग्रता लिइरहेको छ ।

उदयपुरमा काँग्रेसले १ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

ओखलढुङ्गामा २ स्थानीय तह काँग्रेसले जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । माओवादी केन्द्र,जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।स्वतन्त्र भएर जित्ने कांग्रेस का बागी उमेद्वार हुन् ।

खोटाङमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिइरहेको छ । एमाले र माओवादी केन्द्रले दुई दुई स्थानीय तह जितेका छन् ।

सोलुखुम्बुमा काँग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ भने एउटामा अग्रता लिएको छ । माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । अघिल्लो पटक माओवादीले ३ स्थानीय तह जितेको थियो ।

सुनसरीमा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तहमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group