ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल थापालाई राजेन्द्र लिङ्देनको जवाफ-राप्रपासँग एकताको कल्पनै नगर्नुस्


एबीसी / संवाददाता
२६ जेष्ठ २०७९, बिहिबार   १ : ४४   बजे

काठमाडौँ, २६ जेठ । महाधिवेशनमा पराजयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै ‘राप्रपा नेपाल’ गठन गर्नुभयो । तर, हालै सम्पन्न स्थानीय चुनावमा उहाँको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेन ।

चुनावी पराजयसँगै थापा राप्रपासँग एकताको चर्चा गर्न थाल्नु भएको छ । यदि राप्रपाले पनि राजतन्त्रको एजेण्डा त्यागेमा एकता हुन सक्ने उहाँको भनाइ छ । आज बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा राजतन्त्र पुनस्स्थापना हुने सम्भावना समाप्त भएकाले आफूले यो एजेण्डा छाडेको भन्दै राप्रपालाई पनि छाड्न सुझाव दिनुभएको थियो । ‘राजेन्द्र लिङ्देनजीले राजतन्त्रको एजेण्डा छाड्नुहुन्छ भने एकता गर्नका लागि हामी जहिले पनि तयार छौं,’ थापाले भन्नुभएको छ ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कुनै पनि अवस्थामा कमल थापाको पार्टीसँग आफूहरूको एकता सम्भव नरहेको बताउनुभयो । राप्रपासँग एकताको कल्पनै नगर्न उहाँले थापालाई आग्रह गर्नुभयो ।
लिङ्देनले भन्नुभयाे, ‘राजतन्त्रको मुद्दा छोडेर हिँडेको राप्रपा नेपालसँग एकताको हामीले कल्पनै गरेका छैनौं । उहाँहरूले पनि कल्पना नगर्दा हुन्छ ।’ यदि राप्रपा नेपाल पनि राजतन्त्रको एजेण्डामा आयो भने एकताको सम्भावना रहन्छ ? भन्ने प्रश्नमा लिङ्देनले भन्नुभयो, ‘त्यो पनि छलफल गर्नुपर्छ । अहिलेसम्म यो विषयमा छलफल गर्नु जरुरी ठानेका छैनौं ।’

थापाले विभाजनलगत्तै एकताको प्रसंग निकाल्नुका पछाडिको कारणबारे आफू अनभिज्ञ रहेको उहाँले बताउनुभयो । लिङ्देनले थप्नुभयो, ‘उहाँले बोल्नुभएको कुरामा म धेरै टिप्पणी गर्न चाहन्नँ । तर, राप्रपा र राप्रपा नेपालको मुख्य सिद्धान्त नै फरक भएको हुनाले एकताको कुरै भएको छैन र भविष्यमा पनि कुनै गुञ्जायस छैन ।’ यसपालीको स्थानीय चुनावमा राप्रपाले सन्तोषजनक नतिजा ल्याएको छ । अघिल्लो चुनावको भन्दा धेरै संख्यामा जित हासिल गरेपछि नेताहरू उत्साहित छन् । आगामी संसदीय चुनावमा बलियो उपस्थितिका साथ देशको चौथो शक्तिका रूपमा स्थापित हुने यस पार्टीले लक्ष्य लिएको छ ।

राप्रपा नेपालले भने स्थानीय चुनावमा नमिठो हार व्यवहोरेको थियो । भर्खरै गठन भएको पार्टीले चुनावी तयारी गर्न नभ्याएकाले यो परिणाम स्वाभाविक भएको थापाले बताउँदै आउनुभएको छ । आगामी चुनावमा नतिजा सुधारेर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने उहाँको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि गृहमन्त्री गुरुङ उपकरणसहित घटनास्थलतर्फ

भोटेकोसी बाढीपीडितका लागि काभ्रे कांग्रेसले गर्‍यो १७ लाख ६२ हजार सहयोग

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu