ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू–२० महिला प्रतियोगिताको उपाधि बंगलादेशले जित्यो, नेपाल चुक्यो


ABC NEWS
२६ माघ २०७९, बिहिबार   ८ : ३०   बजे

काठमाडौं २६ माघ । फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको कमल मुस्तफा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा जित दिलाउन घरेलु टिमका सहिदा अख्तर रिपा, कप्तान सामसुनहर र मह्फुजा खातुनले गोल गरे ।

बंगलादेशले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा सहिदा अख्तर रिपाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा कप्तान सामसुनहर जुनियरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । यस्तै, खेल सकिन चार मिनेट बाकी रहदा मह्फुजा खातुनले गोल गरेपछि बंगलादेशले ३–० को जित पक्का गर्‍यो ।

बंगलादेश अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो । पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको बंगलादेश दोस्रो खेलमा भारतसंग गोलरहित बराबरीमा रोकिएको थियो । तर, तेस्रो खेलमा भुटानलाई ५–० ले पराजित गरेपछि बंगलादेश अपराजित रहँदै फाइनलमा प्रवेश गरेको थियो ।

न्यिदब िदबलप
यता पहिलो खेलमा बंगलादेशसंग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानविरुद्ध ४–० को र तेस्रो खेलमा उपाधि दाबेदार भारतको चुनौती ३–१ ले पन्छाउँदै च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो ।

च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिम सहभागी थिए । राउन्ड रोबिन पद्धतिमा संचालित प्रतियोगिताको शीर्ष दुई टिम फाइनल प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu