ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी चयन गर्दै छ माओवादीले मुख्यमन्त्री र सभामुख ?


एबीसी न्यूज
१७ माघ २०७४, बुधबार   ९ : २९   बजे

काठमाडौं,१७ माघ । माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नं ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नं ६ र ७ मा साझा रुपमा मुख्यमन्त्रीमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरी प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।

सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ । माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नं ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी देखिनुभएको छ । यस्तै प्रदेश नं ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।

उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने हिसाबले पार्टीले निर्णय गर्ने प्रवक्ता भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

अदालतको आदेश हुँदाहुँदै वीरगञ्जमा एनटीसीको भवन भत्काइयो, टेलिकमको आपत्ति

सम्बन्धित

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu