ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन


एबीसी / संवाददाता
२९ बैशाख २०८०, शुक्रबार   ६ : ०२   बजे

काठमाडौँ, २९ वैशाख । जवाफदेहिता निगरानी समितिले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी कानूनी दायरमा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ ।

“नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने गरेको देखियो” समितिका संयोजक चरण प्रसाईंले प्रेस विज्ञप्ति जारी गर्दै भने, “संगठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई जवाफदेहिता निगरानी समिति हार्दिक स्वागत गर्दछ ।”

विगत लामो समयदेखि राजनीतिक संरक्षणमा मुलुकभित्र मौलाउँदै गएको भ्रष्टाचार, संगठित अपराध र कुशासनको दुष्चक्रलाई मलजल गर्ने काम भइरहेको यस प्रकरणले उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्ताको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउनुका साथै मानव तस्करी, ठगी एवं भ्रष्टाचारजन्य कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न रहने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले अगाडि बढाएको छानबिन तथा कानुनी प्रक्रियाले जनसमुदायमा कानुनी शासनप्रति आशा र विश्वासको सञ्चार गराएको जवाफदेहिता निगरानी समितिले अनुभव गरेको छ”, समितिले भनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण ठगीसम्बन्धी अपराध मात्रै नभएर राज्यशक्तिको चरम दुरुपयोगका साथै मानव तस्करी एवं देश र जनताविरुद्ध गरिएको निकृष्ट विश्वासघात एवं संगठित योजनाबद्ध अपराध भएको समितिको ठहर छ ।

यस प्रकृतिको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा चलखेलमा नफसी उच्च मनोबलका साथ स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी राष्ट्रको विश्वसनीयता, इज्जत तथा प्रतिष्ठा जोगाउन नेपाल प्रहरी र नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समितिले माग गरेको छ । कानुनी शासन, मानवअधिकार र न्याय प्रवर्द्धनतर्फका हरेक प्रयत्नलाई जवाफदेहिता निगरानी समिति खुलेर समर्थन र प्रतिरक्षा गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu