ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघ–संगठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   ६ : १०   बजे

काठमाडौँ, ३० वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै संघ–संगठन विधि प्रक्रियामा चल्नुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्दै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले श्रम र शक्तिको सम्मान सबैभन्दा बढी ट्रेड युनियन कांग्रेसले नै गर्न सक्नुपर्ने उनको धारण छ ।

उनले भने, “ट्रेड युनियन कांग्रेसले श्रमिकहरूलाई केही गर्न नसकेको भन्ने नकारात्मक सन्देश गइरहेको छ । आगामी दिनमा नकारात्मक हल्ला, प्रचार भए पनि आलोचना र चुनौतीको सामना गर्दै ट्रेड युनियन कांग्रेस अघि बढ्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्दै गलत सन्देशहरू रोक्न सक्नुपर्छ ।”

त्यस्तै, विधिगत रूपमा चलेका कारण ट्रेड युनियन चलेको सांसद सिंहले बताए । आगामी हुन लागेको सातौँ अधिवेशनमा उम्मेदवारहरूले प्रतिस्पर्धाको भावना नभएर ट्रेड युनियनलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने ऐक्यबद्धता हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन बागमती प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईंले पार्टीले श्रमिक मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कोभिड–१९ पश्चात् श्रमिकहरूले धेरै घाटा बेहोर्नुपरेको र जसको कारण श्रम दिने श्रमिहरूले नै आत्मदाह गर्नुपरेको भन्दै यस्ता समस्या समाधान गर्न पार्टीले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष मुकुन्दबहादुर सुवेदीले पार्टीले स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मका श्रमिकलाई सम्मानका साथ सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

प्रभावित क्षेत्रमा पुगेका नेकपा प्रवक्ता ज्वालाको आग्रह– ‘अवस्था भयावह छ, उद्धार कार्य तीव्र बनाइयोस्’

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रोहित पौडेलको ‘१७ बिन क्याफे’ले शुक्रबारको सबै कमाइ राहत कोषमा दिने

गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu