ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको प्रतिनिधिमण्डल चीनमा, दुईदेशीय हित र व्यापारिक सम्बन्ध विस्तारबारे छलफल


एबीसी / संवाददाता
८ जेष्ठ २०८०, सोमबार   ९ : ५०   बजे

ल्हासा, ८ जेठ । चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको छ ।

शुक्रबार दिउँसो माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुने बताए ।

“ एक असल छिमेकी मित्रराष्ट्रको हिसाबले नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकार प्रतिबद्ध छ”, नेता वाङ्ले भने, “ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेको छ, अब छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुनेछ ।”

नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । उनले भने, “चीनको विकासबाट नेपालले सकारात्मक लाभ लिन चाहेको छ । सीमा नाकामा रहेका अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने र काठमाडौँ–ल्हासा सिधा हवाई उडान पुनः सञ्चालन हुने नेपालको अपेक्षा छ ।”

सापकोटाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउँदै माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । १४ दिन लामो चीन बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

भोटेकोसीमा फेरि बाढी, स्याफ्रुबेँसीसम्म पुग्यो

भोटेकोशी बाढीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu