ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्यको एउटै स्वर : अरुभन्दा समृद्ध बनाउँछौँ (फोटो फिचर सहित)


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   ७ : ३८   बजे

 

पोखरा, २२ माघ।   प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् ।

उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ ।” हरेक दृष्टिले समृद्धिका लागि सम्भावना बोकेको प्रदेशमा औद्योगिकीकरणको कमी भएको बताउँदै उहाँले पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनताको संख्या अन्य प्रदेशभन्दा निकै कम तुल्याइने प्रतिबद्धता गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले जनतालाई लोकतन्त्रको आभास दिलाउनका लागि समुन्नत र सभ्य प्रदेश बनाउन विधि र सुशासनमा जोड दिन आवश्यक छ भन्नुभयो । उहाँले संविधानको भावनाअनुसार समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर अघि बढ्दा फलदायी परिणाम प्राप्त हुने पक्षलाई दृष्टिगत गरी मिलेर काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य हरिबहादुर चुमानले प्रदेश नं ४ को पर्यटन र जलस्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य कृष्ण थापाले मुलुकलाई समृद्धिको मार्गतर्फ उन्मुख गराउन राजनीतिक भ्रष्टाचार तथा वैदेशिक हस्तक्षेप रोक्न आवश्यक भएको बताउनुभयो । अर्का सदस्य हरिशरण आचार्यले प्रदेशलाई समृद्ध तुल्याउने हो भने एकता र साझा भावनाले काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य किरण गुरुङले विकासमा सत्ता पक्ष र विपक्ष भन्ने हुँदैन भन्दै भ्रष्टाचारमुक्त समाजको निर्माणमा जोड दिनुभयो । प्रदेशसभा सदस्य दोबाटे विक, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले विकास एवं समृद्धिका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group