ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक भगवत गीता’बारे विकास बोर्डमा निर्णायक छलफल, आजै सेन्सर सिफारिस पाउने


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १२ : ५४   बजे

काठमाडौं,२४ भदौ । चलचित्र ‘एक भगवत गीता’ को नाममाथि उत्पन्न विवादलाई लिएर आज चलचित्र विकास बोर्डले निर्णायक छलफल बोलाएको छ । आजै सेन्सरका लागि सिफारिस दिइने पनि विकास बोर्ड स्रोतले बतायो ।

विकास बोर्डले चलचित्रको सेन्सर रोकेको भनेर गलत प्रचार गरिएको स्रोतको भनाइ छ ।

‘खासमा विकास बोर्डले रोक्नै मिल्दैन र रोकेको पनि होइन,’ स्रोतले भन्यो, ‘हामीले शुक्रवारै सिफारिस दिने भनेका थियौँ, तर निर्माण पक्षले नाम थप परिमार्जन गरी धार्मिक समूहहरूलाई पनि सहमतिमा ल्याएर आइतबार लिने भनेपछि रोकिएको हो ।’

यसैबीच, चलचित्रकी निर्देशक झरना थापाले हिजो मध्यरातमा फेसबुकमा पीडादायी स्टाटस लेखिन् । उनले चलचित्रबाट श्रीमदभागवत गीताको अवहेलना नभएको प्रष्ट पार्दा पनि सेन्सर सिफारिस नदिइएको बताएकी छन् ।

तर, स्रोतले भने बोर्डलाई आरोप लगाएर निर्देशक थापाले भावनात्मक समर्थन हासिल गर्न खोजेको टिप्पणी गर्‍यो । ‘शुक्रवार उहाँहरूले नै सिफारिस लिन चाहनुभएन । आज सिफारिस पाउनुअघि स्टाटस लेखेर बोर्डलाई दोषारोपण गर्न खोज्नुभयो,’ स्रोतले भन्यो ।

आज बोर्डले चलचित्रको नाममाथि आपत्ति जनाएका धार्मिक संघ–संस्थाहरूलाई निर्णायक छलफलका लागि बोलाएको हो । नाममाथि सहमति जुटे पनि नजुटे पनि बोर्डले सिफारिस नरोक्ने स्रोतको भनाइ छ ।

‘सम्भवतः आज सहमति जुट्छ होला, जुटेन भने पनि बोर्डका तर्फबाट पत्रकार सम्मेलनमार्फत आफ्नो प्रष्टीकरणसहित सेन्सर सिफारिस दिइन्छ,’ स्रोतले भन्यो ।

आजको छलफलमा बोर्डका पदाधिकारी, धार्मिक समूहहरूको प्रतिनिधि, निर्माता संघका प्रतिनिधि र चलचित्र निर्माण पक्ष सहभागी छ ।

हिन्दूहरुको महान् ग्रन्थको नाममा दुरुपयोग गरिएको भन्दै धार्मिक समूहहरूले विकास बोर्डमा निवेदन दिएका थिए ।

निर्माण पक्षले भने फिल्मले श्रीमदभागवत गीतालाई अवहेलना नगरेको र फिल्मको कथावस्तु धार्मिक नभएको प्रष्टीकरण दिइरहेको छ । फिल्म रिलिज हुने संघारमा सेन्सर रोकिएपछि निर्माण पक्ष छटपटीमा परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group