ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकतामा अवरोध गरी आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा बिचौलिया समूह लागे: अध्यक्ष द्धय


एबीसी न्यूज
२६ माघ २०७४, शुक्रबार   ९ : ०४   बजे

काठमाडौं,२६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रहेका नेता–कार्यकताएदेखि पत्रकारसम्म ‘ओली–प्रचण्ड’ बनेको निष्कर्ष निकालेका छन् । दुई नेताको भनाइ उद्धृत गर्दै आइरहेको पार्टी एकताविरोधी कुराहरूका प्रसंगमा लामो छलफल गर्दै दुवै नेताले ‘सबै ओली–प्रचण्ड’ बनेको निष्कर्ष निकालेका हुन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टी एकता समस्यामा परेको सूचनाबाहिर आइरहेका वेला दुई नेताले बिहीबार मानभवनस्थित एक सहयोगीको निजी निवासमा लामो कुराकानी भएको छ । स्रोतका अनुसार दुवै नेताले वार्ताको सुरुमै ‘मेरो भनाइ भन्दै यस्तो कुरा आएछ’ भन्दै वार्ताको औपचारिक थालनी गरेका थिए ।

‘बाहिर जे आइरहेको छ, यसले एमाले र माओवादीभित्रका मात्रै होइनन्, सञ्चारकर्मीसमेत ओली र प्रचण्ड बनेका छन्, सबैले आफ्नो मनको चाहनालाई ओली–प्रचण्डको भनाइ भन्दै बाहिर ल्याइरहेका छन्, पार्टीभित्रकै बिचौलियाहरू पनि एकतापछि आफू सकिने त्रासमा कसरी भाँड्न सकिन्छ भनेर ओली–प्रचण्ड बनिरहेका छन्,’ बैठकमा दुवै नेताले एकअर्कालाई सुनाएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

एकता नहोस् भन्ने पनि होलान् दुवैतिर, हाम्रोतर्फ एकताको विषयमा आएका कसैको कुरा पनि मेरो होइन, म जे भन्छु, सोझै तपाईंसँग भन्छु, कसैलाई लगाइरहनु पर्दैन

स्रोतका अनुसार आफूहरूलाई भिडाएर भड्काउँदै एकतामा अवरोध गरी आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि बिचौलिया समूह लागेको पनि ओली–दाहालले एकअर्कामा सेयर गरेका छन् । स्रोतका अनुसार दाहालसँगको छलफलमा ओलीले ‘एमालेमा ओलीको भनाइ वा निकट भन्दै आएको कुनै पनि कुरामा विश्वास नगर्न’ दाहाललाई सुझाएका थिए ।

‘एकता नहोस् भन्ने पनि होलान् दुवैतिर, हाम्रोतर्फ एकताको विषयमा आएका कसैको कुरा पनि मेरो होइन, म जे भन्छु, सोझै तपाईंसँग भन्छु, कसैलाई लगाइरहनुपर्दैन,’ छलफलमा ओलीको भनाइ थियो । वार्तामा ओली निकै खुलेपछि दाहालले पनि माओवादी केन्द्रभित्रको अवस्था पनि ‘तपाईंले भनेजस्तै हो, खेल्नेहरूको कुरा सुनेर आशंका नगर्नोस्’ भनेका थिए ।

‘कसको खेल के छ ? सबैले आफ्नो फाइदा हेर्ने नै भए, त्यसको लागि खुमलटार स्रोत, दाहालले निकटसँग भनेको कुरा भन्दै आफै कुरा बनाउँदा रहेछन्, मलाई के भयो ? भन्छन्, खास केही छैन भनेर पठाइदिन्छु, तर बाहिर त अनेकथरि कुरा पो आउँदोरहेछ, राष्ट्रपतिसँगको कुरा पनि साथीहरूले भड्काउनकै लागि गरेका हुन् भन्ने मेरो बुझाइ छ,’ ओलीसँग दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । छलफलका क्रममा दुवै नेताले एकअर्काप्रति आशंका नगरी आफूहरूबीचमै प्रष्टसँग कुरा राख्ने र एकता भाँड्न जन्मिएका वा जन्माइएका ‘ओली–प्रचण्ड’लाई आफ्नो व्यवसाय चलाउन दिने सहमति गरेका छन् ।

हामी सबैलाई सहमतिमा लिएर एकतालाई अन्तिम विन्दुमा पुर्योउने काममै लागौँ, जो–जो ओली–प्रचण्ड बनिरहेका छन्, बन्छन्, तिनलाई बन्न दिऔँ, एकता गर्ने दायित्व हामी दुईकै बढी भएकाले यसैमा जुटौँ र टुंगोमा पु¥याएर सबै ओली–प्रचण्डलाई सप्र्राइज दिऔँ

‘हामी सबैलाई सहमतिमा लिएर एकतालाई अन्तिम विन्दुमा पुर्योउने काममै लागौँ, जो–जो ओली–प्रचण्ड बनिरहेका छन्, बन्छन्, तिनलाई बन्न दिऔँ, एकता गर्ने दायित्व हामी दुईकै बढी भएकाले यसैमा जुटौँ र टुंगोमा पु¥याएर सबै ओली–प्रचण्डलाई सप्र्राइज दिऔँ,’ वार्ताको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो । गत २० माघदेखि पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका ओली र दाहालबीच नै खटपटी रहेको जनाई एमाले र माओवादीभित्रै रहेका दोस्रो तहका केही नेता भड्काउमा लागेपछि बिहीबारको वार्तामा नेताद्वयले आन्तरिक कारणसमेत खोतलेका हुन् ।

दुवै नेताले पार्टी अध्यक्ष, प्रधानमन्त्री, कार्यवाहक अध्यक्ष, सहअध्यक्ष, राष्ट्रपति, सभामुखजस्ता पद बाँडफाँट गर्दै एकताविरोधी अभियान चलाएको निष्कर्ष निकालेका छन् । ‘हामीबीचमै यति कुरा भइरहेको छ, पदलाई लिएर भड्काउने काम दुवैतिरबाट भएको छ, यसको सूची बनाइएको छ,’ ओलीसँग दाहालको भनाइ थियो । ओलीले पनि दाहालकै भनाइलाई पुष्टि गर्ने कथा सुनाएको स्रोतले बतायो ।

‘उहिले गाउँमा एउटा कटुवाल बस्थे, सबैले उनलाई के छ ? कस्तो चिठी आइरहेको छ ? भनेर सोध्थे, सबैले सोधेको देखेपछि कुनै न कुनै कुरा भन्थ्यो, पछि चिठी आउनै छाड्यो, कटुवालले केही जानकारी पनि पाउन छाड्यो, गाउँलेले सोध्ने भए, उसले केही नभएपछि आफँैले चिठी लेखेर गाउँलेलाई भन्थ्यो, एकताको कुरामा पनि यस्तै–यस्तै छ,’ ओलीको भनाइ थियो । यद्यपि, दुवै नेताले एमाले र माओवादीको माथिल्लो तहमा बसेर एकता भाँड्न लाग्नेको भने हिसाब राख्ने निर्णय गरेका छन् । पार्टीको उच्च ओहदामा बसेर एकताविरुद्ध लाग्नेहरू जताका भए पनि छाड्ने गल्ती गर्नुहुन्न, अहिले एकतामै लागेकाले त्यतातिर ध्यान नदिऔँ, तर हिसाब किताबचाहिँ राख्ने वेला भयो,’ वार्तामा दुवै नेताको निचोड थियो ।

केही दिनयता एमाले र माओवादी नेताहरूले विभिन्न चलखेल गरिरहेको, दुवैतिरबाट अध्यक्षको धारणा भन्दै एकता नै टुटिसकेको सन्देश दिने योजनाका साथ अघि बढेको ओली र दाहालको बुझाइ थियो । स्रोतका अनुसार ओली र दाहालले दुवैतिरका गरी करिबकरिब १७ जना नेताहरू एकता भाँड्न लागेको सूचना आदानप्रदान गरेका छन् । वार्तामा राष्ट्रिय सभा निर्वाचनपछि दुई पार्टीबीच व्यावहारिक रूपमै एकले अर्कालाई स्वीकार गरेको र एकताप्रति कार्यकर्ता पंक्ति अत्यन्तै इमानदार रहेको निष्कर्ष ओली–दाहालले निकालेका छन् ।

‘तल फिटिक्कै समस्या छैन, स्थानीय तह र प्रदेशमा निर्वाचित नेता–कार्यकर्ताले राष्ट्रिय सभामा यही प्रमाणित गरे, यसलाई भाँड्न माथि बसेकाहरूले खेले, जुन खेलले हामीलाई अझै सतर्क बनायो,’ वार्ताबारे जानकारी दिँदै दुवै नेताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ओली दाहालबीच नयाँ सरकार गठन र एकता संयोजन समितिको बैठक बोलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो ।

ओली–दाहालले सम्भव भए शुक्रबार एकता संयोजन समिति बैठक बस्ने तय गरेका छन् । यद्यपि, अन्तिम टुंगो भने शुक्रबार बिहान मात्रै लगाउने भन्दै वार्ता टुंग्याइएको थियो । सौर्य दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group