ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ करोड खर्च भएको कलंकीको आकाशेपुल पाँच वर्षमै भत्काइँदै


एबीसी न्यूज
२६ माघ २०७४, शुक्रबार   ११ : ४२   बजे

 

काठमाडौँ, २६ माघ।  तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशक पनि आयु पाएनन् । १३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै भत्किनुपर्‍यो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ६ वर्षमै भत्किँदैछ ।

करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्किइसकेको छ भने गोंगबुको ओभरहेड बि्रज पनि सडक विस्तारका लागि भत्काइन लागेको हो ।

‘चक्रपथ विस्तारका सबै अवरोध हटाउँदैछौं,’ सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठ भन्छन्, ‘विद्युतका पोलसँगै नयाँ आकाशेपुल पनि भत्काउनुपर्ने भएको छ ।’

दुवै आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थिए । यसले देखाउँछ, सरकारका उच्च अधिकारीहरुसँग एक दशकको पनि दीर्घकालीन योजना छैन । मानौं, कुनै संरचना निर्माण हुनु र भत्किनु नियमित आकस्मिकता हो ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो ।

दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभका प्रमुख मनोज भेटवाल बताउँछन् । भन्छन्, ‘सञ्चालनको जिम्मा पाएको समयसम्म त चलाउन पाइएन, अहिलेसम्मको आम्दानीले बैंकको ब्याजसमेत तिर्न पुग्दैन ।’

गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनुपर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञ सूर्यराज आचार्य बताउँछन् । कुन स्थानमा के संरचना बनाउने भनेर सरकारले २५ वर्षे गुरुयोजना तयार पार्नुपर्ने उनको सुझाव छ ।

‘अनि मात्रै यस्ता संरचना भत्किनबाट रोकिन्छन्,’ आचार्य भन्छन्, ‘गुरुयोजना नै नहुँदा अनुमति दिएका निकायले रोक्न मिल्ने अवस्था छैन ।’

विज्ञहरुको भनाइमा कलंकी र गोंगबुमा कम खर्चमा र खोलेर अन्य स्थानमा सार्न मिल्ने गरी आकाशेपुल निर्माण गरेको भए सरकारी ढुकुटी र सञ्चालन अनुमति पाएको कम्पनीले घाटा बेहोर्नुपर्ने थिएन ।

तर, दुवै स्थानमा कंक्रिटका संरचना ठड्याइयो । तिनमा पसल कबलहरु राखेर भाडा उठाउने गरी अनावश्यक खर्च गरियो ।

संसदको विकास समितिलगायत निकायले पनि त्यतिबेला तत्काल चक्रपथमा आकाशेपुल निर्माण नगर्न निर्देशन दिएका थिए । तर, महानगरले जबर्जस्ती आकाशेपुल निर्माण गरिछाड्यो । र, यसमा करोडौं सम्पति नोक्सान भयो ।

कलंकीको आकाशेपुलमा २० भन्दा बढी पसल कबल थिए । गोंगबुमा पनि १५ भन्दा बढी पसल कबल छन् ।

तथापि, रिङरोड विस्तार गर्नैपर्ने भएकाले यी दुईवटा आकाशे पुलकै कारण रिङरोड विस्तार रोकेर राख्नु उपयुक्त देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu