ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले अस्पतालमा बम हान्ने भन्दै खाली गर्न चेतावनी


एबीसी न्यूज
१३ कार्तिक २०८०, सोमबार   १२ : ३८   बजे

काठमाडौं, १३ कात्तिक । इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो ।

अस्तापलको आईसीयूमा बिरामी र इन्क्युबेटरमा नवजात शिशुहरू रहेका र उनीहरूलाई सार्न असम्भव हुने सो संगठनले जनाएको छ ।

गाजाको तल अल–हवा क्षेत्रमा रहेको सो अस्पताल प्रशासनले ५० मिटर पर बिहानैदेखि बम खसिरहेको जनाएको छ । अस्पताल र अस्पताल परिसरमा करिब १४ हजार मानिसले आश्रय लिएका बताइएको बीबीसीले जनाएको छ ।

यसअघि, अक्टोबर १७ मा इजरायलले अल–अहली अरब अस्पतालमा विस्फोट गराएको र त्यहाँ ५०० जनाको मृत्यु भएको प्यालेस्टाइनी पक्षले जनाएको छ ।

गाजामा मानवीय सहायतालाई अनुमति दिइएयता आइतबार ३० ट्रक त्यहाँ प्रवेश गरेका बताइएको छ ।

अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा गाजामा आठ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २३० जनालाई हमासले बन्धक बनाएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu