ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोटको एशियाकप उपाधि ओमानलाई, रोमाञ्चक फाइनलमा नेपाल पराजित


ABC NEWS
१९ कार्तिक २०८०, आइतबार   ४ : ३१   बजे

काठमाडौँ १९कात्तिक । ओमानले रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

निर्धारित ओभरमा ओमानलाई विजयका लागि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भएको थियो ।

ओमानबाट ओपनर कश्यप प्रजापती सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । डेथ ओभर विशेषज्ञ अविनाश बोहराले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काएका थिए ।

प्रतिक अथाभाले ७ रनमा आउट भए । उनलाई सोमपाल कामीले एलबीडब्लु आउट गरेका थिए । प्रजापति र अकिब इल्यासले दोस्रो विकेटमा ७ ओभर भित्र ६७ रनको साझेदारी गरे । इल्यासलाई गुल्शन झाले आउट गरे । इल्यासले १९ बल खेली २ चौका र ३ छक्कासहित ३३ रन बनाए ।

कप्तान जिसन मक्सुदले २६ रनको महत्वपूर्ण योगदान दिए । उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । मक्सुदलाई आउट गरी विवेक यादवले ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए । नासिम खुशी १ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे । उनी आउट भएपछि आएका मेहरान खानले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरे पनि अर्को बलमा विवेकले सानदार डाइभिङ फरवर्ड क्याच लिएर उनलाई आउट गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । गुल्शन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले ठुलो स्कोर बनाएको थियो ।

गुल्शनले त्रिवि क्रिकेट मैदानमा २० बलमै अर्धशतक बनाएका थिए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा गुल्शनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेली ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

नेपाल १० ओभरमा ४ विकेट गुमाई ६० रनमात्र बनाउन सकेको अवस्थामा गुल्शन र कप्तान रोहित पौडेलले ७ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । बिलाल खानको बलमा गुल्शन आउट भएपछि यो साझेदारी टुटेको थियो । रोहितले ३६ बलमा अर्धशतक पुरा गरेका थिए । उनले कुल ३७ बलमा ५२रन बनाउनेक्रममा ५ चौका र २ छक्का प्रहार गरे ।

रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।

नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए । तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अर्जेन्टिनाका खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही, परेडेसलाई १० खेल प्रतिबन्ध

टप एन्ड टी–२० सिरिज : नर्दन टेरिटरीसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

टप एन्ड टी–२० मा नेपालको निराशाजनक सुरुआत, एनटी स्ट्राइकसँग ८ विकेटले पराजित

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउने

नेपालमा ई–स्पोर्ट्सको रोमाञ्च : ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu