ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्होछार चाडका अवशरमा दुईदिने महोत्सव संचालन


एबीसी न्यूज
४ फाल्गुन २०७४, शुक्रबार   १० : ०९   बजे

काठमाडौं, ४ फागुन  । बौद्धमहायानी धर्मालम्बिहरुले ल्होछार चाड अर्थात नयाँ वर्ष धुमधामका साथ मनाउँदैछन् । राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा काठमाडौको कोटेश्वरमा दुईदिने सांस्कृतिक महोत्सव समेत हुने भएको छ । महोत्सव आज शुक्रवार २ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कला सस्कृत जोगाउन २ दिने महोत्सव गरिएको ल्होछार मुल समारोह समितीका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो । औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट सास्कृतिक झाँकीसहितको र्याली निकालिने छ । तामाङ, ल्होल्मो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पा लगायत केहि हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउँदैछन् । सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकोले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकै दिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् । त्यसैले सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार सवैले मनाउदै छन् । आजका दिन नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, नयाँ वस्त्र लगाएर शुभकामना आदनप्रदान गर्दै मान्यजन संग टिका लगाई मिठा परिकार खाइ हर्सोउल्लासका साथ मनाउने गरिन्छ ।

आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटि), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन रहेको छ । हरेक वर्ष १ वटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाई गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu