ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ हजार प्लस २ भन्नेको किन प्रतिवाद नगरको भन्दै प्रचण्ड यसरी जंगिए


ABC NEWS
१३ माघ २०८०, शनिबार   ६ : २८   बजे

काठमाडौं १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धमा ज्यान गुमाउनेको अपमान गर्नेहरुको पार्टी कार्यकर्ताले प्रतिवाद गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको टिप्पणी गरेका हुन् । सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यो झुटो भएको बताए ।

‘१७ हजार प्लस दुई भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने’, प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं ?’

गत महिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी थिइन् ।

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो भन्दै कार्यकर्तालाई प्रश्न गरे ।

‘हाम्रा महान राष्ट्रिय शहीदहरुलाई अपमान गरेको सहन सक्दैनौं भनेर मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई के ले रोक्या होला, किन जोश आइरहेको छैन हामीलाई ?’ प्रचण्डले भने, ‘हामी हाम्रो उद्देश्यप्रति धेरै नै उदासिन भइरहेका छौं ।’

उनले माओवादी जनयुद्धका शहीदहरुको सम्मानमा देशभरि कार्यक्रम राख्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘ती महान् शहीद हुन्, ती हत्यारा होइनन् भनेर देशभर कार्यक्रम राख्न हामीलाई के ले रोक्छ ?’ उनले प्रश्न गरे, ‘वडा–वडा, पालिका–पालिका, जिल्ला–जिल्ला, प्रदेश–प्रदेशमा राष्ट्रिय शहीद सम्मान कार्यक्रम राख्न हामीले किन ढिला गरिरहेका छौं ?’

माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरेर राज्यले आफ्नो काम गरेको भन्दै प्रचण्डले भने, ‘हाम्रा शहीदलाई अरुले सम्मान गरिदिउन् भनेर पर्खेर बस्ने होइन, हाम्रा शहीदलाई हामीले सम्मान गर्नुपर्‍यो नि ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group