ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै ‘उत्कृष्ट बसोबासयोग्य’ सहरको सूचीमा सिंगापुर पहिलो, हङकङ दोस्रो


एबीसी न्यूज
११ असार २०८१, मंगलबार   ११ : ४९   बजे

काठमाडौं ११ असार । स्विस बैंक जुलियस बेयरको रिपोर्टअनुसार बसोबासका लागि विश्वकै उत्कृष्ट सहरको सूचीमा हङकङ दोस्रो नम्बरमा परेको छ।

धनाढ्य ९उच्च नेट(वर्थ० व्यक्तिहरूको लागि जीवनको लागत अध्ययन गरिएको उक्त रिपोर्टले सिंगापुरपछि हङकङलाई विश्वकै दोस्रो महँगो सहरका रूपमा परिभाषित गरेको हो।

मंगलबार सार्वजनिक गरिएको उक्त रिपोर्टले सिंगापुर र हङकङपछि लन्डन र सांघाईलाई तेस्रो र चौथो स्थानमा राखेको छ। त्यस्तै, मोनाको शीर्ष पाँचमा परेको छ।

स्विस बैंकको चौथो वार्षिक विश्वव्यापी सम्पत्ति र जीवनशैली प्रतिवेदनमा नोभेम्बर २०२३ देखि मार्च २०२४ सम्म विश्वका २५ सहरमा वस्तु र सेवाको लागतलाई तुलना गरी उक्त रिपोर्ट सार्वजनिक गरेको हो।

प्रतिवेदनमा कम्तीमा १० लाख अमेरिकी डलर लगानीयोग्य सम्पत्ति भएका धनाढ्य व्यक्तिको उपभोग ढाँचाको विश्लेषण गरिएको छ।

अध्ययनले प्रत्येक सहरको आ(आफ्नै अनौठो प्रवृत्तिको विश्लेषण गरेको छ, जसले यसलाई महँगो बनायो। सिंगापुरमा कार किन्नु महत्त्वपूर्ण बन्न गयो भने हङकङ कानुनी सेवा र सांघाई राम्रो खानाको लागि अगाडि रह्यो।

हङकङमा पनि अन्य धेरै विलासी वस्तुको मूल्यमा वृद्धि भएको अध्ययनले देखाएको छ। होटल सुइटको मूल्य २२।९ प्रतिशत र महिलाका जुत्ताको मूल्य १२।७ प्रतिशतले बढेको छ।

युरोप, मध्यपूर्व र अफ्रिकापछि आर्थिक वृद्धिका कारण एसिया दोस्रो महँगो क्षेत्रको रूपमा परेको छ, जसलाई स्विस बैंकले एक क्षेत्रको रूपमा समेटेको छ।

‘एसियाले आफ्नो विकास यात्रामा महत्त्वपूर्ण फड्को मारिरहेको छ,’ जुलियस बेयर रिपोर्टमा एसिया–प्यासिफिकका अनुसन्धान प्रमुख मार्क म्याथ्युको भनाइ छ।

‘चीन र भारतको प्राविधिक विकास र दक्षिणपूर्वी एसियाको बलियो अर्थतन्त्रले यस क्षेत्रको लचिलोपन र वृद्धिमा योगदान पुर्‍याउँछ,’ म्याथु भन्छन्, ‘यो गतिशील वातावरणमा अवस्थित सिंगापुरले डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेको छ।’

कोभिड महामारी सम्बन्धित प्रतिबन्धहरू हटाइएपछि एसियाले यात्रा र खानपिनमा पनि फड्को मारेको अध्ययनले देखाएको छ।

एसियाका ७४ प्रतिशतले उत्तरदाताले यो वर्ष पाँचतारे होटलमा खर्च गरेका छन् भने ७१ प्रतिशतले राम्रो खानेकुरामा खर्च गरेको बताएका छन्।

स्विस बैंकको अध्ययनले एसियाको कमजोर पक्षमा पनि वकालत गरेको छ। रिपोर्टका अनुसार एसियाका ६३ प्रतिशत उत्तरदाताले स्वास्थ्य एवं हेरचाहलाई उनीहरूको मुख्य चिन्ताको रूपमा उद्धृत गरेका छन्। ९एससीएमपी०

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group