ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण


एबीसी न्यूज
१३ असार २०८१, बिहिबार   ५ : ०३   बजे

काठमाडौं १३ असार । प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोधस्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पाठाएको थियो ।

बेलुनले सियोलको प्रमुख हब इन्चोन विमानस्थललाई बुधबार बन्द गर्न बाध्य बनाएको थियो र लगातार प्रक्षेपणहरूको प्रतिक्रियामा, दक्षिणले तनाव कम गर्ने सैन्य सन्धिलाई पूर्णरूपमा निलम्बन गरेको छ र सीमा नजिकै प्रोपोगान्डा लाउडस्पीकर प्रसारण र प्रत्यक्ष–फायर अभ्यास पुनः सुरु गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी ९केसीएनए० का अनुसार उत्तर कोरियाले ‘व्यक्तिगत मोबाइल वारहेडको पृथक्करण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको’ दाबी गरेको छ ।

अघिल्लो दिन गरिएको परीक्षणका क्रममा ’छुट्टाछुट्टै मोबाइल वारहेडलाई सही तरिकाले तीन वटा ‘कोअर्डिनेट टार्गेट’मा डोरÞ्याइएको बताइएको छ ।

केसीएनएले भनेको छ, “यो परीक्षण एमआईआरभी क्षमता सुरक्षित गर्ने उद्देश्यले गरिएको हो । यसमा धेरै स्वतन्त्र रूपमा टार्गेट गर्न सकिने रिएन्ट्री भेहिकल टेक्नोलोजी वा एउटै ब्यालेस्टिक क्षेप्यास्त्रमा धेरै वारहेड प्रहार गर्ने क्षमता उल्लेख गरिएको छ ।

दक्षिण कोरियाली सेनाले यसअघि बुधबार उत्तर कोरियाले गरेको परीक्षण हाइपरसोनिक क्षेप्यास्त्रको जस्तो देखिएको बताएको थियो । उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको देखिएको र यसले दहनको समस्या निम्त्याउने सम्भावना बढेको अधिकारीहरूले बताएका छन् ।

केसीएनएका अनुसार यो परीक्षण १७० देखि २०० किलोमिटरको परिधिभित्र मध्यम दूरीको ठोस इन्धन ब्यालिस्टिक क्षेप्यास्त्रको पहिलो चरणको इन्जिन प्रयोग गरेर गरिएको थियो ।

उत्तर कोरियाले लगातार तीन दिनदेखि सयौं फोहोर बोक्ने बेलुन दक्षिणतर्फ उडाएको छ । सियोलको सेनाले बिहीबार बिहानसम्म उत्तरी ग्योन्गी प्रान्त र सियोल क्षेत्रमा करिब ७० वटा बेलुन अवतरण भइसकेका जनाएको छ ।

“करिब १० किलोग्राम तौल भएका बेलुनहरू द्रूत गतिमा तल झर्दा खतरा हुन्छ,” उसले भनेको छ ।

पछिल्ला बेलुनहरूको प्रतिक्रिया ‘रणनीतिक र परिचालन स्थितिको आधारमा लचिलो हुनेछ । यो उत्तर कोरियाको गतिविधिमा निर्भर गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाको मरिन कोरले बुधबारदेखि पश्चिमी अन्तरकोरियाली सीमा नजिकका टापुहरूमा प्रत्यक्ष फायर अभ्यास पुनः सुरु गरेको छ । सन् २०१८ मा उत्तर कोरियासँगको तनाव कम गर्ने सैन्य सम्झौता पछि यो अभ्यास पहिलो पटक सुरू गरिएको हो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group