ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभा यु-२० वुमन्स भलिबल खेल्न नेपाली टोली उत्साहित


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   १२ : ३९   बजे

काठमाडौं २ साउन । पहिलोपटक काभा यु(२० वुमन्स भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आइपुगेको नेपाली यु(२० महिला टोली प्रतियोगिताका लागि उत्साहित छन् ।

बिहीबारदेखि माल्दिभ्सको राजधानी मालेका हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि नेपाल, श्रीलंका र कीर्गिस्तानको टोली मंगलबार नै माले आइपुगिसकेको छ ।

नेपाली टोलीका प्रशिक्षक र खेलाडी पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित भएका छन् । ‘हामी सबै खेलाडी एकदमै उत्साहित छौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका छौं,’ कप्तान जेनिशा विश्वकर्माले भनिन् ।

यस्तै नेपालमा महिला भलिबल खेलाडी उत्पादन गर्दै आएका दुई प्रशिक्षक कुमार राई र अर्जुन घिमिरे नेपाली टोलीको प्रशिक्षकमा छन् । राईले न्यू डायमण्डमार्फत र घिमिरे बुटवलको एभरेष्ट स्कुलमार्फत महिला भलिबल खेलाडीहरु उत्पादन गर्दै आएका छन् ।

हाल १२ सदस्यीय नेपाली टोलीमा न्यु डायमण्डका ६ र एभरेष्टका ४ खेलाडी छन् । यस्तै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबाट खेल्ने एक(एक खेलाडी छन् । उनीहरू सबै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् र त्यो पनि विदेशी भूमिमा खेल्दैछन् । जसले गर्दा खेलाडीमा अझ धेरै उत्साह छ ।

नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ । जसले गर्दा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा त्यो अनुभवलाई सदुपयोग गर्ने योजनामा छन् ।

‘मेरो दुई दशक लामो करियरमा पहिलोपटक राष्ट्रिय टिम लिएर विदेश आएको छु । हामी सबै जना एकदमै उत्सहित छौं,’ मुख्य प्रशिक्षक कुमार राईले भने, ‘हामी यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’

यस्तै प्रशिक्षक अर्जुन घिमिरेले पनि प्रतियोगितालाई लिएर उत्सहित भएको बताए । खेलाडीहरु सबै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न उत्साहित छन् । उनले भने, ‘उमेर समूहको खेलाडीका लागि यो राम्रो अवसर हो । यसबाटै अन्तर्राष्ट्रिय अनुभव लिन पाउनेछ र भविष्यमा राष्ट्रिय टिमसम्मको यात्रा तय गर्ने अवसर पाउनेछन् ।’

 

नेपालको महिला भलिबल टिमले सिनियर स्तरमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले दुईपटक सेन्ट्रल जोनको उपाधि जितिसकेको छ भने गत वर्ष नेपालमै भएको काभा च्यालेन्स कप वुमन्स भलिबलमा तेस्रो हुँदै कांस्य जितेको थियो ।

यस्तै २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ऐतिहासिक रजत जितेको थियो ।

सिनियर टिमले गरेको प्रदर्शन र उपलब्धिबाट जुनियर खेलाडीहरु पनि प्रेरित छन् । ‘सिनियर दिदिहरूले राम्रो प्रदर्शन गर्नुभएको छ । हामी पनि आफ्नो शतप्रतिशत प्रदर्शन दिएर खेल्नेछौं,’ कप्तान जेनिशाले भनिन् ।

यस्तै टिमका अन्य खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

नेपाली प्रशिक्षक र कप्तान र खेलाडीहरु सबैले एउटै लक्ष्य स्वर्ण पदक जित्ने रहेको बताएका छन् । ‘हामी तयारीका साथ आएका छौं । टिम कम्बिनेसन पनि राम्रो छ । हाम्रो एक मात्र लक्ष्य स्वर्ण पदक जितेर सबै नेपाललाई खुशी दिने हो,’ प्रशिक्षक र खेलाडीले एक स्वरमा भने ।

नेपालले पहिलो खेलमा बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै दोस्रो खेल शुक्रबार कीर्गिस्तान तथा तेस्रो खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि सेमिफाइनल हुनेछ । जहाँ लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपालले पहिलो पटक उमेर समूहको काभा यु(२० च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघले पनि अब ग्रासरुट र उमेर समूह देखि नै भलिबललाई विकास गर्ने लक्ष्य राखेको छ ।

केही समयअघि भलिबल संघले सहाना प्रधान स्मृति फाउण्डेसनसँगको सहकार्यमा प्रथम सहाना प्रधान स्मृति यू१९ राष्ट्रिय महिला र पुरुष भलिबल प्रतियोगिता आयोजजा गरेको थियो । त्यसमा गरेको प्रदर्शनका आधारमा यु(२० टोली छनोट गरिएको हो ।

काभा यु(२० महिला च्याम्पियनसिप पछि नेपालले काभा यु(२० पुरुष च्याम्पियनसिपमा पनि सहभागिता जनाउनेछ ।

नेपाली टोली

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक स् कुमार राई

प्रशिक्षक स् अर्जुन घिमिरे

व्यवस्थापक स् जुनु पुन

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group