ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केजरीवाललाई धरौटीमा छाड्न आदेश भएपछि आपले भन्यो- सत्यको जित


एबीसी न्यूज
२८ भदौ २०८१, शुक्रबार   १ : ३२   बजे

काठमाडौं २८ भदौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी नेतृत्वको आम आदमी पार्टी आप ले यसलाई सत्यको जित भनेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न दिने आदेश दिएको छ। तर, अदालतले सीबीआईले गरेको गिरफ्तारीलाई भने उचित ठहर गरेको छ।

आपका नेता आतिशीले ुसत्यमेव जयतेु भनेका छन् भने पार्टीका राज्यसभा सांसद राघव चड्डाले एक्समा लेखेका छन्( सत्य समस्यामा पर्न सक्छ तर पराजित हुँदैन। अन्ततः सम्मानित सर्वोच्च अदालतले दिल्लीका छोरा अरविन्द केजरीवाललाई जेलको बन्धनबाट मुक्त गर्ने फैसला सुनाएको छ।

दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको प्रतिक्रिया छ( सत्यको शक्तिले तानाशाहको जेलका ताला तोडियो।

केजरीवाललाई यसै वर्ष मार्च २१ मा ईडीले अन्तःशुल्क नीति सम्बन्धमा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमा रहेकै बेला उनलाई सीबीआईले जुन २६ मा फेरि गिरफ्तार गरेको थियो।

२०२१(२२ का लागि दिल्ली सरकारको अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप लागेको छ। तर, यो नीति अहिले खारेज भइसकेको छ।

यस काण्डमा मनीष सिसोदिया, पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, राज्यसभा सांसद संजय सिंहलाई पनि पक्राउ गरिएको थियो।

गत महिना अगस्ट ९ मा आम आदमी पार्टीका दोस्रो नेता सिसोदिया धरौटीमा रिहा भएका थिए।

सिसोदियाबाहेक यस मामिलामा आरोपित सञ्जय सिंह र के कवितालाई जमानत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu