ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिका लागि ‘कृषकसँग मन्त्री कार्यक्रम’


admin
२२ फाल्गुन २०७४, मंगलबार   ७ : ०२   बजे

पोखरा, २२ फागुन । प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पु-याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री कार्यक्रम’ अघि सारिएको बताउनुभएको छ ।

प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले कृषिप्रतिको अनिच्छालाई कम गराउँदै यसलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कृषकसँग मन्त्री कार्यक्रमअन्तर्गत कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने उल्लेख गर्नुभयो ।

“कृषिको व्यावसायिकीकरणका माध्यमबाट यसतर्फ सर्वसाधारणलाई आकर्षित गरी बाँझो जमिनलाई उत्पादनमुखी बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “कृषिको विकासलाई लक्ष्य गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।” प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सभा सदस्य कुमार खड्काले प्रदेश नं ४ लाई पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने धारणा राख्दै रोजगारीको खोजीमा विदेशिएका युवालाई यही नै रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश नं ४ मा प्रकृति पदत्त स्रोत साधनको संरक्षण र विकास गर्दै त्यसैका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । प्रदेश सभा सदस्य हरिशरण आचार्यले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यायोजित विधायनको बेथिति : कानुन बनाउने संसद्, शासन चलाउने सरकार

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग

सम्बन्धित

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu