ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वमा शान्ति स्थापनाका लागि अरब र इस्लामिक देशहरूको अपील


एबीसी न्यूज
२८ कार्तिक २०८१, बुधबार   १० : ३९   बजे

काठमाडौं २८ कात्तिक । अरब र इस्लामिक देशहरूले इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेका छन् । साउदी अरबको रियादमा सम्पन्न अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनले इजरायलको निन्दा गर्दै आक्रमण तत्काल रोक्न माग गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सम्मेलनमा सहभागीहरूले गाजा र लेबनानमा इजरायलले नरसंहार गरेको बताएका छन् । सम्मेलनले संयुक्त प्यालेस्टाइनलाई पूर्णरूपमा स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रसङ्घसँग माग पनि गरेको छ ।

सम्मेलनमा संयुक्त अरब इमिरेट्स ९यूएई० सहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार, पाकिस्तानलगायत देशका सरकार र राष्ट्रप्रमुखसमेत गरी ५० जनाभन्दा धेरै नेताको सहभागिता रहेको थियो । उनीहरूले मध्यपूर्वमा शान्ति स्थापनाका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।

गएको आइतवार कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमिकाबाट अलग भएको घोषणा गरेको थियो । त्यही दिन प्यालेस्टिनी विद्रोही समूह हमासले अरब र इस्लामिक देशहरूको गठबन्धन बनाउन अपील गरेको थियो । लगत्तै भएको अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu