ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमाथि रुसको ‘कटुस’ मिसाइल आक्रमण, चीनले गर्‍यो शान्त रहन आग्रह


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   ८ : ०३   बजे

काठमाडौं ७ मंसिर । रुसले युक्रेनमाथि नयाँ मिसाइल प्रयोग गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसभित्र लामो दूरीका मिसाइलको अनुमति दिएपछि अमेरिकालगायत पश्चिमा देशलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ मिसाइल परीक्षण गरेको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै युक्रेनी शहर निप्रोमाथि बिहीबार बिहान जवाफी आक्रमण गरेको बताएका छन् ।

उनल भनेका छन्, ‘युक्रेनले अमेरिका र बेलायतले दिएको लामो दूरीका हतियार र मिसाइले रूसको सिमानामा निशासा बनाइरहेको थियो। त्यसकारण हामीले हामीले बिहीबार जवाफी कारबाहीमा नयाँ हतियार प्रयोग गरेका हौं।’

पुटिलि युक्रेनमाथि प्रहार गरेको हाइपरसोनिक मिसाइल ओरेस्निकक रहेको बताएका छन्। रुसी भाषामा ओरेस्निककलाई ठूलो कटुसको रूख हो ।

पुटिनले युक्रेनलाई हतियार दिने देशहरुको सैन्य अड्डामा पनि आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले चेतावनी दिंदै भनेका छन्, ‘ युक्रेनलाई हतियार दिने देशका सैन्य अड्डाहरूमा रुसले सिधैं आक्रमण गर्न सक्छ। त्यसकारण लामो दूरीमा मिसाइलगायतका हतियारको अनुमति युक्रेनलाई नदिए राम्रो हुन्छ।’

पुटिनले निप्रो शहरमाथिको आक्रमण मध्यम दूरीको मिसाइलले गरिएको बताए। यो ओरेस्निक मिसाइलको गति २।५ किलोमिटरदेखि ३ किलोमिटर प्रतिसेकेण्ड रफ्तारमा मार हान्‍न सक्छ।

रूसको मिसाइको आक्रमणपछि युक्रेणी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले गम्‍भीर आपत्ति जनाएका छन् । उनले यो मिसाइलको प्रहारले रूस युद्धलाई थप गम्भीर मोडमा लैजान चाहेको आरोप लगाएका छन् ।

उनले शुक्रबार प्रतिक्रिया दिँदै भनेका छन्, ‘ युक्रेनविरूद्ध मिसाइल को प्रयोग गर्नु रुस शान्तिको पक्षमा छैन भन्‍ने प्रमाण दिन चाहेको छ।’

उनले रुसको यो कदमलाई युद्धको लागि थप समस्या निम्त्याउने काम गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘ पुटिन पहिले पनि चीन, ब्राजिल, युरोपियन संघ, अमेरिका र अन्य देशको आग्रहलाई लत्याइसकेका छन् । पुटिनले यो सबै युद्ध गर्नकै लागि गरिरहेका छन् जुन एक हजार दिनअघिदेखि भइरहेका छन्।’

यस्तै रूसको मिसाइल आक्रमणपछि युक्रेनले संसदमा पनि खतरा रहेको भन्‍दै संसदीय सत्रलाई स्थगित गरेको छ । युक्रेनी सांसद येवोगेनिया क्रावचुकले संसद बैठक रद्द गरिएको बताएका छन् ।

यसैगरी रूसले युक्रेनमाथि गरेको आक्रमणप्रति चीनले सबै पक्षलाई शान्त र संयम बन्न आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लीन जियानले सबै पक्षलाई शान्त रहन अपील गरेका हुन् । उनले भनेका छन्, ‘ सबै पक्षलाई युद्ध विरामको सही माहौल बनाउनका लागि कुराकानी र परामर्शको जरूरी छ।’

उनले युक्रेन मुद्दामा चीन भने स्थिर र स्पष्ट रहेको बताएका छन् । ‘हाम्रो नीति राजनीतिक बाटो खोजेर संकटलाई समाधान गर्नु र स्थितिलाई रोक्‍ने पक्षधर चीन हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group