ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा विद्रोहीले सत्ता कब्जा गरेपछि अबको प्रक्रियाबारे अन्योल


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ७ : ५०   बजे

काठमाडौं २३ मंसिर । सिरियामा विद्राहीले सत्ता कब्जा गरेपछि अब के हुन्छ भन्ने अन्योल सृजना भएको छ । बीबीसीका अनुसार धेरै मानिसहरू २४ वर्षदेखिको बशर अल असदको सत्ता ढलेकोमा खुसी छन् । तर अन्योल पनि उत्तिकै छ । अहिले राजधानी कब्जा गरेको इस्लामिक विद्रोहीहरूको समूह हयात तहरीर अल–शम ९एचटीएस० को विगत राम्रो छैन ।

यो समूह अन्तर्राष्ट्रिय आतङ्कवादी समूह अलकायदाबाट आएको हो । एचटीएसको विगत हिंस्रक रहेको छ । तर पछिल्ला वर्षमा उनीहरूले आफूलाई राष्ट्रवादी शक्तिको रूपमा चिनाउने कोसिस गरिरहेका छन् । उनीहरूको हालसालैका सन्देशहरूमा कूटनीतिक र मेलमिलापपूर्ण भाषा प्रयोग गरिरहेका छन् । उनीहरूले के गर्ने योजना बनाइरहेका छन् भनेर धेरै सिरियालीहरु डरमा बसेका खबरमा उल्लेख छ । अहिले पनि दमास्कसमा गोली चलिरहेका छन् ।

इरान र इराकका दूतावासमा आक्रमण भएका छन् । राष्ट्रपति अल–असदले देश छाड्नुभएको खबर सार्वजनिक भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि असदले देश छाडेको बताएका छन्, तर उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन । हिजो सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीहरूले आज सिरियाको राजधानी दमास्कस कब्जा गरेका हुन् ।

यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताउनुभएको छ । उहाँले सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताउनुभएको हो । सिरियामा सन् २०११ मा शुरु भएको एउटा सामान्य आन्दोलनले ठूलो गृहयुद्धको रूप लिएको छ ।

सिरियामा अमेरिका र बेलायतसहित पश्चिमा देशले एउटा समूहलाई सहयोग गरेका छन्, टर्कीले छुट्टै विद्रोही समूहलाई सहयोग गरेको छ । राष्ट्रपति असदलाई भने रुस, लेबनान, इरान लगायतका देशको समर्थन र सहयोग छ । युद्धमा ५० हजार जनाभन्दा धेरैको ज्यान गएको छ भने छ लाख जना विस्थापित छन् । सन् २००० अर्थात् २४ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बशर अल असदले देशलाई विदेशीहरुका इच्छा पूरा गर्ने थलो बन्न नदिने बताउँदै आउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहको सम्मेलनमा निधि र महतबीच भनाभन

बुढीगण्डकी प्रभावितको पुनर्वास र पूर्वाधारका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

सम्बन्धित

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu