ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व-सूचनाविनै पुगे अमेरिकी रक्षामन्त्री म्याटिस् अफगानिस्तानमा


admin
२९ फाल्गुन २०७४, मंगलबार   २ : २५   बजे

काबुल, २९ फागुन।  अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ ।

तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गर्नुभएको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुग्नुभएको हो ।

तर तालिबान लडाकू समूहले औपचारिक रुपमा यस शान्ति वार्ताको भने पुष्टि गरिसकेका छैनन् । रक्षामन्त्री म्याटिस्ले तालिबानका केही नेताहरुले वार्तामा बस्ने इच्छा देखाएका जानकारी दिनुभयो ।

म्याटिसकाअनुसार तालिबान लडाकू समूहका नेताहरु छलफलको लागि अभिरुची देखाएका छन्, तर यसै वार्तामा सबैजना भने नआउन सक्छन् ।

सवै तालिबान एकै पटक वार्तामा आउने सम्भावना नरहेको तर तालिबानको आशयबाट उनीहरु अफगान सरकारसँग वार्तागर्न इच्छुक भने रहेको म्याटिस्ले बताउनुभएको छ ।

अमेरिकी सैन्य एयरफोर्सको विशेष विमानबाट उहाँ काबुल पुग्नुभएको हो । उहाँको आगमनका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

अन्ततः घानीको शान्ति सम्झौता योजनामा तालिबान लडाकू समूहलाई पनि राजनीतिक दलका समावेश गर्नेगरी सो वार्ता प्रक्रियालाई अघि बढाइएको छ ।

तालिबान आतङ्ककारी समूहले सुरुमा अमेरिकासँग मात्र सम्झौताको लागि तयार भएको जनाएको थियो । तर अहिले भने अफगान सरकारसँग पनि वार्तामा बस्ने संकेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group