ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्ति


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ८ : ४५   बजे

काठमाडौं ३० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताउनुभएको हो ।

रुससँगको तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले भन्नुभएको छ,‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’ ।

ट्रम्पले अब लामो समय अमेरिकाले युक्रेनको लागि सहयोग जारी राख्न नसक्नेतर्फ पनि सङ्केत गर्नुभएको छ ।

युक्रेनका प्राकृतिक स्रोतहरू र दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उहाँले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिनुभएको छ ।

आफूहरुले युक्रेनमा गरिरहेको लगानीको प्रतिफल त्यहाँका खनिजबाट पूर्ति गर्न सक्ने ट्रम्पको भनाइ छ ।

ट्रम्पले चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गर्नुभयो । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

अमेरिकाले अब युक्रेनलाई नेटोको सदस्यता दिन नहुने र अहिलेसम्म रुसले कब्जा गरेको युक्रेनी भूभागलाई रुसकै मान्नेगरी युद्ध अन्त्य गराउने तयारी गरिरहेको छ । तर यस्ता सम्झौताले नमान्ने युक्रेनको सङ्केत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाको थबाङमा पहिरो : १० जना बेपत्ता, खोजी कार्य जारी

२० लाखभन्दा बढी सवारीसाधन, ट्राफिक व्यवस्थापन अझै हात र सिट्ठीको भरमा

सम्बन्धित

होर्मुजमाथि अमेरिकाको नियन्त्रण रहेको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार

ह्वाइट हाउसकी कान्छी प्रेस सचिव लेभिटले अगस्ट अन्त्यमा पद छाड्ने

कोलम्बिया भूकम्प : ४८ घण्टापछि भग्नावशेषबाट नवजात शिशुको जीवित उद्धार

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu