ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासलाई ट्रम्पपछि नेतन्याहुको चेतावनीः शनिबारसम्म बन्धक नछाडे फेरि लडाइँ


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   १ : ४१   बजे

काठमाडौं ३० माघ । इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेको हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएका छन्।

बीबीसीका अनुसार नेतन्याहुले शनिबारसम्म हमासले बन्धक बनाइएका नागरिक नछाडे युद्धविराम अन्त्य गरी फेरि लडाइँ सुरु गर्ने चेतावनी दिएका हुन्।

नेतन्याहूले भने, ‘हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरू रिहा गरेन भने, हामी गाजामा युद्धविराम अन्त्य गर्नेछौँ र फेरि लडाइँ सुरु गर्नेछौँ।’

नेतन्याहुले शनिबारसम्ममा बाँकी सबै ७६ बन्धक रिहाइको कुरा गरेका हुन् वा ३ जनाको मात्र रिहाइको कुरा गरेका हुन्, स्पष्ट पारेनन्।

किनभने हमासले यसअघि एकपटकमा प्रायस् ३ बन्धक मात्र छाडेको छ। तर नेतन्याहुका एक मन्त्रीले उनको भनाइको अर्थ ‘सबैजना’ भएको बताएका छन्।

नतन्याहुले हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि इजरायली सेनालाई गाजा र वरपर केन्द्रित हुन आदेश दिएका छन्।

हमासले सोमबार विज्ञप्ति जारी गरी इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेका कारण अब बन्धक रिहाइ रोक्ने बताएको थियो।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म बन्धक बनाइएका सबै नागरिक रिहा नगरे इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए।

तर पछि हमासले स्थितिमा सुधार आए आफू शनिबार बन्धकहरू रिहा गर्न तयार नै रहेको बताएको छ। हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ।

त्यसयता हमासले पाँच खेप गरेर १६ जना इजरायली र ५ जना थाई बन्धक रिहा गरिसकेको छ। बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी छाडिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group