ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले नँया राष्ट्रपति पाउँदै , मतदान सुरु


admin
४ चैत्र २०७४, आइतबार   ३ : ०१   बजे

रुस, ४ चैत। रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् ।

रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ ।

रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ ।

निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा मतदानका लागि योग्य भएको जानकारी दिनुभयो ।

कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको पनि उहाँले बताउनु भयो । उनीहरुका लागि पनि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ ।

मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएकोे छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि चार सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ ।

झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिएका छन् । ती अनुगमनकर्ताहरु १०९ देशबाट आएका हुन् ।

रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित आठ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । पुटिन स्वतन्त्र उम्मेदवार बनेर उठ्नु भएको छ ।

उहाँसँग प्रतिश्पर्धा गर्न लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया (एलडीपीआर) को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)को तर्फबाट व्यापारी पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले उम्मेदवारी दिनुभएको छ ।

मतदानको दुइ दिनअघि रुसी जनतालाई विषेश सम्बोधनगर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गर्नु भएको थियो ।

रुसको संघीय संविधानअनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुनेछ । राष्ट्रपतिको उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्ने, मतदाता नामावलीमा नाम भएको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu