ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्कामा संकटकालीन अवस्था हट्यो


admin
४ चैत्र २०७४, आइतबार   ४ : ५९   बजे

कोलम्बो, ४ चैत । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ ।

यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गर्नुभएको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले दिएका छन् ।

श्रीलङ्काको मध्यक्षेत्रमा व्यापक विरोध प्रदर्शन भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो ।

राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा राष्ट्रपति सिरिसेनाले हस्ताक्षर गरेको पुष्टी गर्नुभयो ।

श्रीलंकामा करिब ३० वर्षदेखि जारी यहाँका विद्रोही तामिल टाइगर्सको हिंसात्मक विद्रोहको सन् २००९ मा अन्त्य भएपछि यो संकटकालीन अवस्थाको घोषणा पहिलो पटक गरिएको थियो ।

हस्ताक्षर गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ, “सार्वजनिक सुरक्षाका लागि हामी गम्भीर छाँै, अहिले अवस्था सुध्रिएको छ, त्यसैले आज मध्यरातीदेखि संकटकाल हटाइएको छ ।”

यसै महिनाको सुरुमा काण्डीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान जानेगरी भएका प्रदर्शन र हिंसात्मक हमलाहरुपछि संकटकालीन अवस्थाको घोषणा गरिएको थियो ।

सो हिंसाका क्रममा सयौं पसल, घर, मन्दिर, मस्जीद लगायतमा ठूलो क्षती पुगेको छ । सो प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारी सुरक्षाकर्मीहरुले झण्डै २८० जनालाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu